कोहलपुर,२७ चैत/ बाँकेको कोहलपुरमा लागुऔषध तथा दुव्र्यसन विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । कोहलपुरमा बढिरहेको लागुऔषधको प्रयोग कम गर्न, सो बारे जनचेतना फैलाउन र युवाहरुलाई जागरुक बनाउन अभियान सञ्चालन गरिएको हो ।
कोहलपुर नगरपालिकाको सहयोगमा बासले सो अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन कोहलपुरको वडानम्वर १२ चप्परगौडी र वडानम्बर ४ गुहा गाउँका युवाहरुलाई लागुपदार्थ विरुद्ध अभिमुखीकरण प्रदान गरिएको छ । छुट्टा, छुट्टै गरिएको अभिमुखीकरणमा लागु पदार्थ विरुद्ध अभिमुखीकरण प्रदान गरिएको बासले जनाएको छ ।
वडानम्बर १२ चप्परगौडीमा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाकी कार्यपालिका सदस्य नारायणी वली, नगरपालिकाका प्रशासकिय अधिकृत हरि वली, वडाध्यक्ष कृष्ण बहादुर खड्का, वडा सदस्य द्धए नयन बहादुर शाही, कलरुपि वाठा र रक्षा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष माया क्षेत्री लगायतले लागु पदार्थ विरुद्ध युवाहरु जागरुक भएर लाग्नुपर्ने बताएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक शम्भु शाहीले सहजीकरण गरेको कार्यक्रममा २५ जना युवाहरु सहभागी थए । कार्यक्रमको अन्तमा केशव राज खनालको संयोजकत्वमा ९ सदस्यीय लागु पदार्थ विरुद्ध युवा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा बालकृष्ण रावत, दिपराज पौडेल, लक्ष्मी खत्री, हिरा परियार, माया बि.क., सृजना खरेल, पूर्णिमा रासकोटी रहेका छन् ।
यसैगरी सोमबार वडानम्बर–४ को गुहा गाउँमा पनि लागु पदार्थ विरुद्ध तालिम सम्पन्न भएको छ । ३० बढि सहभागि रहेको सो तालिममा बासका अध्यक्ष मन भण्डारी र उपनिर्देशक हेमराज भट्टले सहजीकरण गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्