राँझा हिमाल स्कुलले मनायो वार्षिक उत्सव



बर्दिया,२६ चैत/ बाँसगढी नगरपालिका–२ मा रहेको राँझा हिमाल ईङ्गलिस मिडियम स्कुलले ९औँ वार्षिक उत्सव तथा नतिजा प्रकाशन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

कक्षा नर्सरी देखि ८ सम्म सञ्चालनमा रहेको विद्यालयले आफ्नो ९औँ वार्षिक उत्सवको अबसर पारेर आइतबार कक्षा नर्सरीदेखि कक्षा ७ सम्मको नतिजा प्रकाशन गरेको हो ।

बाँसगढी नगरपालिकाको बिकट मानिने राँझा गाँउमा पनि ई.मि. स्कुल सञ्चालन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न सफल स्कुलले शैक्षिक सत्र २०७४ सालको नतिजा प्रकाशनसँगै अन्य विभिन्न विद्यालयमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुको उज्जवल भविष्य बनाउन भूमिका खेल्ने सम्पुर्ण स्कुलका शिक्षकहरुलाई सम्मान गर्दै समान पत्र समेत प्रदान गरिएको छ ।

स्कुलका प्रिन्सिपल थलबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रममा बाँसगढी नगरपालिका वडा नम्बर–२ का वडा सदस्य बिमला परियार, नगरकार्यपालिका सदस्य सरस्वती वली, वडा सदस्य दिप बहादुर चन्द, समाजसेबी ज्ञान बहादुर केसी, प्रेम सिंह, गणेश केसी, बाघखोर सामुदायिक वन उपभोक्ता समिति बेतहनीका सचिव रोशन गुर्ताल, बेलौली ई.मि स्कुल बाँसगढीका प्रिन्सिपल केशव टमटा, गोल्डेन पब्लिक एकेडेमिका माछागढका प्रिन्सिपल जितेन्द्र चन्द लगायतको उपस्थिति रहेको थियो ।

२०६५ सालमा स्थापना भएको स्कुलमा ३ सय १५ भन्दा बढी रहेको स्कुलका प्रिन्सिपल थलबहादुर वलीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २६ गते सोमबार