प्रधानमन्त्री ओली अब ‘डा. केपी शर्मा ओली’, शैक्षिक याेग्यता खाेज्ने वाग्लेहरूलार्इ दह्राे झापड



काठमाण्डौं,२४ चैत/  नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मानार्थ पीएचडीको उपाधि पाउने भएका छन् ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पंतनगरमा रहेको गोविन्द बल्लभ पंत कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन् ।

भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले भ्रमण बारे नेपालको संसदमा जानकारी गराउँदा उक्त विश्वविद्यालयको चर्चा गरेका थिए ।

कृषि क्रान्तिमा महत्पूर्ण योगदान दिएको भन्दै उक्त विश्वविद्यालयबाट नेपालीहरुले सिक्नु पर्ने धेरै कुरा रहेको बताएका थिए ।-kantipurlives

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २४ गते शनिबार