प्रेम विश्वकर्मा बर्दिया,२२ चैत/ ट्राफिक नियम उल्लघंन गरे ठाउँको–ठाउँ कडा कारबाही गर्ने अभियानलाई ट्राफिक प्रहरीले बर्दियामा तिव्रता दिएको छ ।
केही दिन यतादेखि अनटेस्ट र भारतीय नम्बर प्लेटका सवारी साधानलाई अझ बढि निगरानी गरिएको प्रहरी नायव निरिक्षक बाबुराम जिसीले बताए ।
“अन्य सुरक्षा निकायसँग पनि हाम्रो निरन्तर समन्वय सहकार्य भइरहेको छ । भण्सार कार्यालयलाई पनि हामीले जानकारी गराइरहेका छौं ।”
उनले भने, जिल्ला ट्राफिक प्रहरी कार्यालयले गुलरिया नगरपालिका सहित अन्य कार्यालय र संघ–संस्था, विद्यालयहरुसँग सहकार्य गरी सचेतिकरणका कार्यहरु थप बढाउने तयारी पनि गरेको छ ।
“हामी मालिक होइनौं, आम जनताका सेवक हौं । त्यसैले सहज आवागमन, सवारी दुर्घटना न्युनिकरण लगायतका कार्यमा सदैव शुद्ध र प्रतिवद्ध भई लाग्छौं ।” प्रहरी नायव निरिक्षक बाबुराम जिसीले भने ।
बर्दियाको गुलरिया सहित सानोश्री, मैनापोखर, ढोढरी, भुरीगाउँ, बाँसगढि, पाताभार, राजापुर र चेपाङमा ट्राफिक प्रहरी पोष्ट खडा गरिएको छ । २०५९ जेठ ६ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरिया बर्दिया स्थापना गरिएको भए पनि अहिले सम्म भाडाकै घरमा सञ्चालन हुँदै आएको छ ।
३ कठ्ठा आफनो जग्गा छ तर भवन छैन । १५ जनाको दरवन्दी छ । क्षेत्र ठुलो भएकाले काजमा मिलाई जिल्ला भरीका लागि अहिले २५ जना जनशक्ति परिचालन गरिएको छ ।
वषौं पुरानो एउटा गाडीकै भरमा जिल्लाभरी पुग्नु पर्ने अवस्था छ । त्यही गाडी पनि राम्रो कन्डिसनमा छैन । यसैगरी २ वटा ब्रेथलाईजर मेसिन रहेकोमा एउटा काम नलाग्ने स्थितिमा छ । अन्य थुपै्र अपर्याप्त स्रोत साधान र जनशक्ति अभावकै विचमा पनि मुस्कान सहितको जनता मैत्री, पारदर्शी सेवा दिन ट्राफिक
प्रहरी तत्पर रहेको कार्यालयको दाबी छ ।
उता ट्राफिक नियम विपरित सञ्चालन भएका ५ हजार ९ सय ३० वटा सवारी साधानलाई कारबाही गरेको छ । यो संख्या चालु आर्थिक वर्ष २०७४÷०७५ को साउन देखी चैत्र १५ गते सम्मको हो ।
सवारी साधानहरुलाई कारवाही गरी जरिवाना वापत रु ३१ लाख ९५ हजार ५ सय रुपैयाँ राजस्व समेत संकलन भएको छ । यो अवधिमा २० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएको जनाइएको छ ।
जोकोहीले ट्राफिक नियमको उल्लघंन गरे जरिवाना वापत ५ सय देखी १५ सय रुपैया सम्म जरिवाना लिन सकिने ब्यवस्था भएकाले राजस्वमा केही वृद्धि भएको हो । यसअघि २५ देखी २ सय रुपैया सम्म जरिवाना लिन सकिने व्यवस्था थियो ।
गत आर्थिक वर्ष २०७३÷०७४ मा ९ हजार ८ सय ४० को हाराहारी संख्यामा सवारी साधानहरुलाई कारबाही गरिएको थियो । जसबाट जरिवाना स्वरुप ५६ लाख बराबरको राजस्व समेत संकलन भएको उल्लेख छ । ३६ वटा सवारी दुर्घटना भएकोमा २० जनाको मृत्युभएको थियो । भने ४८ जना घाइते भएका थिए ।








प्रतिक्रिया दिनुहोस्