कोहलपुर,२१ चैत/ बाँकेको बैजनाथ गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको छ ।
सो कार्यक्रम अन्तर्गत मंगलबार वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएकोे वडा अध्यक्ष भद्र बहादुर बस्नेतले जानकारी दिए । बुधबार(आज) वडा नम्बर २ मा सामाजिक भत्ता वितरण गरिने भएको छ ।
बिहान ८ बजेदेखि वडा कार्यालय डिगियामा वितरण गरिने अध्यक्ष प्रेम बहादुर थापाले जानकारी दिए । अन्य वडाहरुमा पनि सुरक्षाभत्ता वितरण भइरहेको बताइएको छ ।
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार









प्रतिक्रिया दिनुहोस्