माटो परीक्षण शिविर सम्पन्न



कोहलपुर,२१ चैत/  बाँके कोहलपुरमा रहेको ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा एकदिने निःशुल्क माटोपरीक्षण शिविर सम्पन्न गरिएको छ ।

क्षेत्रिय माटोपरीक्षण प्रयोगशाला खजुरा बाँकेको सहयोगमा ज्ञानोदाय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमा सञ्चालित प्राविधिक ज्ञानसेवा कार्यक्रम अन्तर्गतका २० जना व्यवसायिक किसानहरुको २८ नमूना माटो परीक्षण गरिएको छ ।

किसानहरुको माटो कस्तो छ भनेर समय समयमा परीक्षण गर्नुपर्ने वरिष्ट माटो विज्ञ क्षेत्रीय माटो परीक्षण प्रयोगशाला खजुराका प्रमुख टंक बहादुर कार्कीले
बताए ।

साथै उनले माटोको उर्वरा शक्ति कति छ भनि परीक्षण गरिएको र राज्यले पनि विशेष नीति लिएर किसानहरुको माटो पररीक्षणमा विशेष सहयोग गर्नुपर्ने बताए ।

त्यस्तै माटोको परीक्षण पहिलो पटक गर्न आएको र माटो परिक्षण कार्यलाई राज्यले जोड दिएको भए किसानहरु आफ्नो माटोको बारेमा जानकार पाउने कोहलपुर–२ का किसान चन्द्र बहादुर गिरीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २१ गते बुधबार