नेपालगन्ज कपको अक्सन आज हुँदै



कोहलपुर,२० चैत/  निकै नै प्रतिक्षित नेपालगन्ज कपको अक्सन आज (मंगलबार) हुँदैछ । आउँदो वैशाख ३ गतेबाट सुरु हुन गइरहेको नेपालगन्ज कपका लागि टिमहरुको अक्सन आज हुन लागेको हो ।

६ वटा टिमका लागि प्रदेश नम्बर ५ मै पहिलो पटक अक्सनबाट टिम किन्न लागिएको हो । टी २० फरम्याटमा खेलाइने खेलमा यस अघि टिमको नाम र खेलाडीहरुको नाम सार्वजनिक भैसकेको छ ।

६ वटा टिममा बाँके ब्लास्टर, बर्दिया टाईर्गस, पाल्पा योद्याज, दंगाली गोर्खाज, लुम्बीनी यात्रीज र रोल्पा गोरिल्लाज रहेका छन् । ‘हामीले समग्र प्रदेश नम्बर ५ मा क्रिकेटलाई अझ फराकिलो बनाउँदै र प्रोफेसनल बनाउने उद्देश्यले अक्सनलाई सुरुवात गर्न खोजेका हौँ,’ प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए । ग्रीन इभेन्टोले अरु नयाँ क्रिकेटर जनमाउने उद्देश्यले नेपालगन्ज कपको जन्म भएको उनले बताए ।

यस प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीहरु (राष्ट्रिय टिमका लागि खेलिसकेका) महेश क्षेत्री, अन्डर १९ वल्र्ड कप क्वालिफाई खेलिसकेका रीत गौतम, आदिल खान, सौरभ खनाल, प्रनित थापा, त्यस्तै नेपालका लागि अन्डर १५ राष्ट्रिय टिमबाट खेलिसकेका सुवेन्दु पाण्डे, कृष्ण कार्कीको सहभागिता रहनेछ ।

त्यस्तै आकाश विष्ट,अनुपम सिंहजस्ता राष्ट्रिय खेलाडीहरुको पनि सहभागिता हुनेछ । राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा समेत परिसकेका युवा खेलाडी तथा नया प्रतिभाहरुको समेत सहभागिता रहेको प्रतियोगिताका इभेन्ट डाइरेक्टर सौगातविक्रम शाहले जानकारी दिए ।

प्रदेश नम्बर ५ बाट ७० प्रतिशत खेलाडीहरु र अन्य जिल्लाबाट ३० प्रतिशत खेलाडीहरुको सहभागिता रहेको छ । अक्सनबाट निकै सकारात्मक परिणामको आशा गरिएको र निकै उत्साहित रहेको, राष्ट्रिय खेलाडी सुवेन्दु पाण्डेले बताए ।

प्रतियोगिता वैशाख ३ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम पुरस्कार एक ला

प्रकाशित मिति : २०७४ चैत २० गते मंगलबार