बालिका यौन दुव्र्यवहार विरुद्ध ¥याली निकालिने



कोहलपुर,१९ चैत/  कोहलपुरमा यहि चैत २० गते बालिकामाथि हुने यौनजन्य दुव्र्यवहार विरुद्ध सचेतनामूलक ¥याली तथा कार्यक्रम गरिने भएको छ ।

बैजनाथ गाउँपालिकाको आयोजना तथा जिल्ला बाल सञ्जाल बाँके, जिल्ला किशोरी सञ्जाल बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्तरीय बाल क्लव सञ्जालको समन्वयमा सो ¥याली तथा कार्यक्रम गर्न लागिएको हो ।

पछिल्लो सयममा बाँकेमा बालिका माथि विभिन्न प्रकारका यौनजन्य गतिविधिहरु बढिरहेको भन्दै त्यसको न्यूनिकरणका लागि सचेतना ¥याली सहित अन्र्तक्रिया कार्यक्रम गर्न लागिएको बैजनाथ गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष खगेन्द्र बुढाले आइतबार कोहलपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

‘हामी सबैको चाहना, हिंसा रहित समाज हाम्रो कामना’ भन्ने मुल नाराका साथ बालिकामाथि यौनजन्य दुव्र्यवहार नियन्त्रणका लागि आम नागरिक र अभिभावक सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

बालिकामा माथि भइरहेको विभिन्न यौन जन्य घटनाहरुलाई अन्त्य गर्नका लागि सचेतना कार्यक्रम गर्न लागिएको भन्दैे कार्यक्रममा स्थानीय सरकार, राजनीतिक दल, समाजसेवी वुद्धिजीवी, शिक्षा प्रेमी लगायतलाई उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ को साउनदेखि हालसम्म बाँके जिल्लामा ३९ जना बालिकाहरु यौनजन्य क्रियाकलापमा पीडित बनेको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङकमा उल्लेख छ ।

कोहलपुरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा जिल्ला बाल सञ्जाल बाँकेकी अध्यक्ष श्वेता गुरुङ, नेपालगन्ज उपमहानगरपालिका बाल सञ्जालका सदस्य ऋतिक शाही, बैजनाथ बाल सञ्जालका सचिव सजन आचार्य, अन्य बाल सञ्जालका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेकोथियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १९ गते सोमबार