कोहलपुर,१७ चैत/ बाबु आमाकै मनमुटावका कारण आमासँगै भारत छिरेका कोहलपुरका एक युवक अहिले आफ्नो परिवार खोज्दै घर फर्केका छन् ।
संकटकालको समयमा विसं २०५७ सालमा ४ वर्षको हुँदा आमा अर्के लाग्नेसँग हिँडेपछि आमासँगै भारत गएका सारोज श्रेष्ठ नाम बताउने युवक १३ वर्षपछि परिवार खोज्दै नेपालगन्ज आइपुगेका हुन् ।
आफ्नो आमा सँगै हिडेका बाबुको थर जोडेर श्रेष्ठ भएका सरोजले आफ्नो परिवारका सदस्यहरु खोज्नको लागि आएको बताए ।
‘बुबा र आमा बीचमा झगडा हुँदा मलाई पनि सँगै लिएर अर्कैसँग हिड्नु भएछ, सानो हुँदा मलाई कुनै याद भएन’ उनले भने, ‘पछि आमाले मामाघर कोहलपुरमा भएको र बुबाको घर जुम्ला भएको भनेपछि अहिले आफन्त खोज्दै आएको हुँ ।’
उनले अञ्जना ९परिवारमा अञ्जली० बताउने आफ्नी आमा र भारतमा सँगै गएका ज्ञानबहादुरको पनि त्यही निधन भयो । उनले आफ्नी आमाले दीदीहरु कोहलपुरमा मामाको घरमा रहेकाले खोज्दै बुवाकोमा जानु भनेको तर सानै हुँदा बुवाको बारेमा समेत कुनै याद नभएको बताए ।
फागुन १३ गते नेपालगन्ज आइपुगेका सरोज अहिले एकजना चिनेकोमा बसिरहेका छन् । धेरै खोजेपछि सञ्चार माध्यमबाट आफुलाई परिवारले सम्पर्कमा आइदिन अनुरोध गरेका छन् ।
ममाघरमा रहेकी दिदीको नाम सुजिता र कान्छीको नाम मनिसा भएको सरोज बताउँछन् । आमाको निधनपछि भारत हुँदै काठमाडौं पुगेका सरोजले परिवारको सम्पर्कमा आउने चाहेको तर उनीहरुको जानकारी नहुँदा कोहलपुरमा अलपत्र परेका बताएका छन् ।
‘मामा मगर हुन्, पहिला दिल्लीमा काम गर्नुहुन्थ्यो रे, दीदीहरु पनि मामाघरमै हुनुहुन्छकी बुबासँग जानुभयो पत्तो छैन, जसरी भएपनि मलाई चिन्न मेरा आफन्तलाई गुहार गर्दछु’ उनले भने ।
उनले मामापट्टीका, बुवा अथावा दिदीहरु सबैलाई आफुलाई सम्पर्क गर्न अनुरोध गरेका छन् । उनलाई चिन्नसक्नेले आफ्नो मोबाइल ९८०३९१०१३० मा सम्पर्क गर्न आग्रह गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्