शिक्षा ऐनको नवौं संशोधन विरुद्ध विद्यार्थी संगठनद्वारा आन्दोलन



डिल्ली शाही, बाँके/ बाँके लगायत देशभरीका विद्यार्र्थी संगठनहरुले व्यवस्थापिका संसदले हालै पारित गरेको शिक्षा ऐनको नवौं संशोधन  खारेजीको माग गर्दै प्रमुख विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन् । संशोधित ऐनले शिक्षा सेवा आयोग मार्फत शिक्षण सेवा प्रवेश गर्न चाहने हजारौं नवप्रवेसी विद्यार्थीको अधिकारमाथि बन्देज लगाएको आरोप विद्यार्थी संगठनहरूले लगाएका छन् ।


कोहलपुरको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका संयूक्त विद्यार्थी संगठनहरुको हजारौं विद्यार्थीको भविष्य माथि बज्रपात गर्ने गरी ल्याइएको संशोधन कुनै हालतमा नमान्ने विद्यार्थी नेताहरूले बताएका छन् । संशोधित ऐन अनुसार अब ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत मात्र खुल्ला कोटाबाट शिक्षकले पदपूर्ति गरिने प्रावधान रहेको छ ।’ यसले सोझै नयाँ, सक्षम र ताजा जनशक्ति प्रवेशको ढोका बन्द हुनेछ ।’ अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश बस्नेतले बताए । त्यस्तै विरोध कोण सभालाई सम्बोधन गर्दै पूर्व विद्यार्थी अध्यक्ष अब्दुल हुसेन खाँ ले तत्काल शिक्षा ऐनको नवौं संशोधन खारेजी गरी खुल्ला प्रतिस्पर्धाबाट नै शिक्षक नियूक्ती गरिनुपर्ने बताए ।


शुक्रबार घोषित पहिलो चरणको संघर्ष अन्तर्गत ६ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, ७ गते शीर्ष नेताहरूलाई ज्ञापनपत्र दिने र ८ गते देशभरका विद्यालयमा कालो झण्डा गाड्ने र सडक बहस समेत सञ्चालन गर्ने विद्यार्थी संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १६ गते शुक्रबार