कोहलपुर,१६ चैत/ मध्यपश्चिम जनसेवा यातायातको प्रालिको आयोजनामा बिहीबार कोहलपुरमा नगर सरसफाइ गरिएको छ ।
नगर भित्र रहेका सार्वजनिक स्थानहरुमा रहेको अव्यस्थित फोहोरलाई सफाइ गरी अटो रिक्सा पार्किङ गर्ने स्थानहरु तथा अन्य स्थानहरुको सररफाइ गरिएको मध्यपश्चिम जनसेवा यातायात प्रालिका अध्यक्ष विश्वराज खनालले जानकारी दिए ।
कोहलपुर नगरपालिकाको स्वच्छ नगर निर्माण गर्ने अभियानलाई टेवा पु¥याउन पनि सरसफाइको आयोजना गरेका हौं अध्यक्ष खनालले भने । सरसफाई कोहलपुरको चौराह सुरु गरिएको सरसफाइ न्युरोड, टेलिकम तथा एन.टि.भी रोडसम्म सरसफाइ गरिएको थियो ।
मध्यपश्चिम जनसेवा यातायात प्रा.लिमा आवद्ध अटोरिक्साका चालक तथा मालिकहरुले हातमा झाडु लिएर सरसफाइमा जुटेका थिए । कोहलपुर नगरपालिलाई संकलित फोहोर व्वस्थापनका लागि आवहन गरिए पनि सरसफाइ कार्यक्रममा नगरपालिकाका कुनै पनि प्रतिनिधि सहभागी नभएको बताइएको छ ।
सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराई, नेकपा एमालेका युवा नेता सुर्य ढकाल कोहलपुर उद्योग वाणिज्य संघका प्रतिनिधिहरु गरि करिब २ सय जनाको सहभागीता रहेको थियो ।
यसै बीच प्रालिले आगामी नयाँ वर्ष २०७५ मा निशुल्क स्वास्थय शिविरको आयोजना गर्ने जनाएको छ । वर्षेनी अन्य सामाजिक सेवामा समेत काम गर्दै आएको प्रालिले गत वर्ष पनि निशुल्क स्वस्थ्य शिविरको आयोजना गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्