29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

कला, साँस्कृति चिनाउने अभियानमा सुदूरपश्चिम देश दौडाहमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १५, २०७४  

नेपालगन्ज,१५ चैत/ सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले ‘साहित्यिक–साँस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियान’ सुरु गरेको छ । सो टोलीले बिहिवार नेपालगन्जमा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफुहरुले अभियान सुरु गर्नुको औचित्य र उद्देश्य बारे जानकारी गरायो ।

समाजका अध्यक्ष एवं मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीका अनुसार, अभियान कैलालीबाट शुरु भई चितवन, पोखरा, जनकपुर हुँदै पूर्व र भारतको दार्जिलिङ्गसम्म पुग्ने योजना छ ।

बैशाख १ गते फेरी कैलालीमै गई समापन गरिने छ । अभियान अन्र्तगत ४५ जना कलाकारहरु रहेका छन् । बिहिवार कैलालीमा प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भटट्ले अभियानको उद्दघाटन गर्दै सुरु गरेका थिए ।
सोही टोली सांझ नेपालगन्ज आएर आफ्नो प्रस्तुती दिएको छ । 

सो टोलीले सुदूरपश्चिमको देउडा, छुलिया, गौरा, भुवा, होली, संघीय जस्ता नृत्य प्रस्तुत गरेका थिए । टोलीमा थारु समुदायको उल्लेखिय सहभागिता रहेको कलाकार एवं गायक यज्ञराज उपाध्यायले बताए ।

‘आर्थिक रुपमा गरिब र भौगोलिकरुपमा बिकट भएपनि हामी संस्कृतिमा धनी छौं भन्ने सन्देश दिन देश दर्शनमा जुटेका हौं’ उपाध्यायले भने–‘अभियानले संस्कृतिका माध्यमबाट समाजलाई जोड्ने काम गर्छ भन्ने बिश्वास लिएका छौं ।’

 

-sadarline.com

प्रकाशित मितिः बिहिबार, चैत्र १५, २०७४     7:20:11 PM  |