ट्रिपर रोकेर विरोध



बर्दिया,१५ चैत/   उद्योग वाणिज्य संघ कुशुम्बाबजार मधुवनले बजार क्षेत्रमा धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेको भए पनि सुनुवाइ नभएको हुलाकी सडक आयोजना र ठेकेदार कम्पनीले अटेर गरेपछि कुशुम्वा वजार क्षेत्रमा ट्रिपर रोकेर विरोधमा उत्रेका छन् ।

निर्माणाधिन सडक खण्डमा गुड्ने सवारी साधनले धुलो उडाउँदा यात्रु तथा सडक छेउछेउका स्थानीयहरु समस्यामा छन् । ठेकेदार कम्पनीले बजार क्षेत्रको सडकमा हरेक दिन पानी हाल्ने गरी सहमती जनाए पनि व्यहारमा त्यसो हुन नसकेको र ठेकेदार कम्पनीले जन स्वास्थ्यमा खेलबाड गरेको कुशुम्वा बजार विकास समितिका अध्यक्ष बैधनाथ कामतले बताए ।

स्थानीयवासी र उद्योग वाणिज्य संघ हरुले जिल्ला प्रशासन कार्यलय गुलरिया र हुलाकी सडक आयोजना नेपालगंज पटक पटक सम्स्याको बारेमा जानकारी गराएकोमा सुनुवाई नभएकोले ट्रिपर चल्न रोक्न वाध्य भएको उद्योग वाणिज्य संघ कुशुम्बाबजार मधुवनका प्रथम वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सिग्देलले बताए ।

धुलोका कारणबाट उत्पन्न स्वास्थ्य समस्या लिएर अधिकांस स्थानीयवासीको दम रुघाखोकी टनसिल एलर्जि लगाएत समस्याले क्लिनक तथा अस्पताल धाउने संख्यामा वृद्धि भएको छ ।

साथै ठेकेदार कम्पनी प्रतिनिधि, प्रहरी र उद्योग वाणिज्य संघ बीच वार्ता गरिएको उद्योग वाणिज्य संघका कोषाध्यक्ष अमर भण्डारीले बताए । उनका अनुसार बजार क्षेत्र र घनाबस्ती भएको क्षेत्रहरुमा दैनिक दुई पटक पानी हालेर धुलो कम गर्ने र रोकिएको ट्रिपर सुचारु गर्न दिने मौखिक सहमति भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत १५ गते बिहीबार