कोहलपुर,१३ चैत/ बाँकेको कोहलपुरमा १० वर्षिया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका आारोपितलाई कोहलपुर प्रहरीले सार्वजनिक गरेको छ ।
बालिकालाई बलात्कारको आरोपमा पक्राउ परेका रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१६ घर भई हाल कोहलपुरमा भाडामा बस्दै आएका ३० वर्षे थम बहादुर बुढाथोकीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
गत शनिबार राती ८ बजे कोहलपुर नगरपालिका–११ स्थित दशबिगाहबाट बालिकालाई घुम्न जाउँ भनि भे ५ प ९२३३ नम्बरको स्कुटीमा राखेर वडा नम्बर ९ भवानीयापुर नजिकैको खाली चौरमा लागि बुढाथोकीले बलात्कार गरेको अनुसन्धानबाट खुलेको कोहलपुर प्रहरी प्रमुख यज्ञ प्रसाद भट्टराइले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
उहाँकानअनुसार अभियुक्त बुढाथोकीले घुम्न जाउ भन्दै बालिकालाई ललाई–फकाई आफ्नो स्कुटीमा लिएर बलात्कार गरेको र बलात्कारपछि रातिको १ बजे बालिकालाई घर नजिकैै पु¥याई दिएको पाइएको छ ।
बलात्कार पछि फरार अभियुक्त बुढाथोकीलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी मुद्धा दर्ता गरी जिल्ला अदालत बाँकेबाट ६ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहहेको प्रमुख भट्टराईले बताउनु भयो ।