बाँके र बर्दियाका यातायात व्यवसायी ‘मर्ज’ हुँदै



कविन्द्र परियार : कोहलपुर,६ चैत/  बाँके र बर्दियाका रहेका यातायात व्यवसायी ‘मर्ज’ हुने भएका छन् । सोमबार दुबै जिल्लाका यातायात व्यवसायीबीच कोहलपुरमा भएको संयुक्त भेलाले यातायात व्यवसायी संघ, प्रालि र समितिबीच एकीकरण गर्ने निर्णय गरेको हो ।

भेलाले सकेसम्म एकीकरण गर्ने र एकीकरण गर्न नसकिएमा पहिलो चरणमा वर्गीय समानुपातिक हिसाबले सञ्चालन विधि मिलाउने, उक्त विधि मिलाउन क्युको मापदण्ड र गाडी संख्या यकिन गर्ने, भाडामा एकरुपता ल्याउने, काउन्टर व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

साथै सो सञ्चालन विधिको प्रक्रिया मिलाउनका लागि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका भेरी अञ्चल संयोजक तथा बागेश्वरी यातायात व्यवसायी समितिका महासचिव टंक बस्यालको संयोजकत्वमा सबै संघ, प्रालि र समितिका महसचिव सदस्य रहने गरी जाँचबुझ समिति गठन गरिएको छ ।

समितिले चैत १० गतेभित्र बाँके र बर्दियामा रहेका सम्पूर्ण कमिटीका सदस्यहरूलाई प्रतिवेदन बुझाउने तथा चैत १२ गते अध्यक्ष र संयोजकहरूलाई बैठकबाट एकीकरणमा जाने निर्णय गरिने बताइएको छ । बाँके र बर्दियाका रहेका यातायात व्यवसायी ‘मर्ज’ हुने भएका छन् ।

सोमबार दुबै जिल्लाका यातायात व्यवसायीबीच कोहलपुरमा भएको संयुक्त भेलाले यातायात व्यवसायी संघ, प्रालि र समितिबीच एकीकरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै भेलाले बाँके र बर्दियामा आएका गाडीहरु जाँचबुझ गरी प्रकृति छुट्याउन नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय सदस्य गोविन्द पौडेलको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।

सो समितिले पनि चैत १० गतेभित्र प्रतिवेदन बुझाउने बताइएको छ । भेलाले बाँके र बर्दियामा रहेका यातायात व्यवसायी समिति, प्रालि र संघबीच स्वस्थ प्रतिस्पर्धा गर्नका लागि बाँकेबाट नीति बनाइ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

भेलामा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपमहासचिव डेगनाथ गौतम, बाँके र बर्दियाका यातायात व्यवसायी संघ प्रालि तथा संघका अध्यक्ष तथा महासचिवहरुको सहभागिता थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत ६ गते मंगलबार