कोहलपुर,५ चैत/ मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आइतबार नेपालगञ्जमा सम्पन्न गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ बाँकेको आयोजनामा सो अभिमुखीकरण गरिएको हो ।
अभिमुखीकरणमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काले सरकारको नीति अब मानवको व्यवस्थापन गर्ने मात्र नभई वन्यजन्तुको समेत उचित व्यवस्थापन गर्ने गरी बन्नु पर्ने बताए ।
उनले अब सरचनात्मक रुपमा सरकार निर्माण भैसकेकले अब सरकारले वन्यजन्तुहितको नीति बनाएमात्र मुलुक समृद्ध बन्ने धारणा राखे । वन र वन्यजन्तु जनताको जीवनसंग जोडिएको हुनले यसलाई राज्य पक्षले पनि गहन रुपले सोच्नु पर्ने आवश्यक रहेको सहभागिहरुको जोड थियो ।
राज्यले अब बनाउने नीति नियम वनबाट पीडित किसानले सहजै क्षतिपूर्ती पाउने वातावरण मिलाउन उनीहरुले माग गरेका छन् । कार्यक्रममा हरियो वन कार्यक्रमका टिम लिडर शुभाष देवकोटा र वरिष्ठ पत्रकार कृष्ण मुराहरी भन्डारीले मानव वन्यजन्त’ व्यवस्थापन र राहत सहयोग, नितिगत, कानुनी र सस्थागत संरचनाका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका जनावरबाट पीडित स्थानीयहरुको समेत सहभागिता रहेको थियो । पीडितहरुले आफूले उचित राहत नपाएको भन्दै आक्रोश पोखेका थिए । केहि मात्र राहत दिइने गरेपनि प्रक्रिया झन्झटिलो भएको पीडितहरुको गुनासो रहेको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव बृख शाही, केन्द्रीय सचिवालय सदस्य ठाकुर भण्डारी लगायत पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारूले आफ्नो भनाइ राखेका थिए । सो अभिमुखीकरण सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष डिल्ली गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।









प्रतिक्रिया दिनुहोस्