नेपालगन्ज,२ चैत/ प्रदेश सरकारले गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पारिश्रमिक दिने निर्णय गरेपछि वडासदस्यहरुले आफुहरुले पनि पारिश्रमिक पाउनुपर्ने भन्दै दवाव दिएपछि पहल थालिएको छ ।
यसै क्रममा डुडुवा गाउँपालिका बाँकेले गाउँपालिकाका वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको सेवा सुविधासहितको पारश्रमिकका लागि पहल गरेको हो । गाउँकार्यपालिकाको बसेको बैठकले वडा सदस्यहरुको पारिश्रमिकका विषयमा केन्द्र र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको हो ।
बैठकमा गाउँपालिकाका विकास निमार्णका योजनालाई अगाडी बढाउने निर्णय समेत गरेको छ । गाउँपालिकाका योजनाहरु अब तिब्र गतिमा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बताए ।
बैठकमा गाउँपालिका विभिन्न योजना तथा कार्यक्रमका विषयमा समेत समिक्षा गरि छलफल गरिएको थियो ।
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्