नेपालगञ्ज,२ चैत/ बाँकेको खजुरा गाउँपालिका वडा नम्वर २ ले वडाभित्र रहेका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेको छ ।
महिला स्वास्थ्य स्वयंसेजिकालाई वर्षेनि पुरस्कार स्वरुप प्रोत्साहन रकम प्रदान गर्ने गाउँपालीकाको कार्यक्रम अन्तर्गत् स्वास्थ्य स्वयंसेविकालाई जनही ५–५ हजार रुपैंया प्रदान गरिएको हो ।
वडा नम्बर २ को कार्यालयमा विहिबार एक कार्यक्रमकाबीच वडाअध्यक्ष देविलाल शर्मा, वडा सदस्य गौमाया सुनार, झुमा गिरी, नन्दलाल गुप्ता लगायतले वडाका १४ जना स्वयंसेविकाहरुलाई रकम प्रदान गरे ।
प्रोत्साहन रकम प्रदान कार्यक्रममा बोल्दै स्वयंसेविकाहरुले पुरस्कार प्रदान गरिनु सह्राहनिय भएपनि समयानुसार रकम बढाउनु आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष शर्माले स्वयंसेविकाको योगदान अतुलनिय रहेको भन्दै आगामि दिनमा उनीहरुलाई थप हौसला प्रदान गर्न प्रोत्साहन कार्यक्रममा बजेट थप गर्न प्रयास गर्ने बताएका छन ।









प्रतिक्रिया दिनुहोस्