अधिकारी बंश प्रतिष्ठान बर्दियाको अध्यक्षमा शिव



बर्दिया,२ चैत्र/ कश्यप गोत्रिय अधिकारी बंश प्रतिस्ठानको प्रथम अधिवेशन बिहिबार बाँसगढीमा सम्पन्न भएको छ । अधिवेशनबाट शिव कुमार अधिकारीको अध्यक्षतामा १० सदसिय नयाँ कार्यसमिति गठन गरिएको छ ।

जसको उपाध्यक्षमा गायित्री अधिकारी, सचिवमा जगदिस अधिकारी, कोषाध्यक्षमा गौरीकान्त अधिकारी, सहसचिवमा भक्तिराम अधिकारी चयन भएका छन । त्यस्तै सदस्यहरुमा चन्द्रकान्त अधिकारी, टिकाराम अधिकारी, विमल अधिकारी, सम्भुप्रसाद अधिकारी, नारायणी अधिकारी रहनु भएको छ ।

बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारी संरक्षक रहेको प्रतिष्ठानमा मेघनाथ अधिकारी, चर्तुभुज अधिकारी र निर्मल अधिकारी सल्लाहाकारमा चयन भएका छन ।

अधिबेशनबाट केन्द्रिय प्रतिनिधीहरुमा लक्ष्मी प्रसाद अधिकारी र तोयानाथ अधिकारीलाई सर्बसम्मत छनोट गरिएको छ । कार्यक्रममा बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारी, जिल्ला समन्वय समिति बर्दियाका सदस्य भक्तिराम अधिकारी र गुलरिया नगरपालीका वडा नम्बर २ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीलाई प्रमाण पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको सहसचिव भक्तिराम अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७४ चैत २ गते शुक्रबार