नेपालगञ्ज,३० फागुन/ बाँकेको खजुरागाउँपालिका–३ खजुरामा रहेको ज्ञानोदय नमुना माविले आफ्नो ४०औं वार्षिक उत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा विद्यालयको दुई तले भवन, सिविल ल्याव र पर्खाल उद्घाटन गरिएको थियो ।
कार्यक्रमको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपति र पूर्व सिंचाई राज्यमन्त्री दलबहादुर सुनारले संयूक्त रुपमा उद्घाटन गर्नुका साथै स्मारिका विमोचन गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई शिक्षामा नमूना बनाइने बताए ।
कक्षपतिले केहि समयदेखि खजुरा क्षेत्र शिक्षामा अव्वल हँुदै गएको र केहि सामुदायिक विद्यालयहरु कमजोर अवस्थामा रहेकाले सबै विद्यालयलाई सबल बनाइने योजना रहेको बताए ।

जिल्ला शिक्षा अधिकारी भिम बहादुर साउदले जिल्लमा रहेको ७० वटा सामुदायिक विद्यालयहरु भएपनि १५÷२० विद्यालयको शैक्षिक अवस्था धेरै राम्रो बन्दै गएको र बाँकी विद्यालयले पनि व्यवस्थित बन्न सफल विद्यालयबाट सिको गर्न थालिरहेको बताए ।
वार्षिक उत्सवकै अवसरमा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल सफल विद्यार्थिहरुलाई पुरस्कार वितरण गरीएको थियो । साथै विद्यालयमा लामो समयदेखि योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको विद्यालयका प्राचार्य ऋषिराम सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्