भेरी नदिमा नुहान गएका व्यक्ती मृत फेला



सल्यान २९ फाल्गुन/सुर्खेतको सिम्ता गाउँपालिका राकम नजिकै भेरी नदिमा नुहान गएका एक व्यक्ती मृत फेला परेका छन ।
मृत्यु हुनेमा सुर्खेत जिल्ला पन्चपुरी नगरपालिका वडा न ४ विधायापुरका अन्दाजी वर्ष २० का खगेन्द्र बैयक रहेको ईलाका प्रहरी कार्यालय बादेपिपल राकमले जानकारी दिएको छ । मृतक बैयक राकमको सडकमा काम गर्न आएको कामदार थिए । खाना खाएर १२ बजे तिर भेरी नदिमा नुहाउन गएका थिए । अचेत अवस्थामा फेला परेका उनलाई ३:५०मा मेहेलकुना हस्पिटलले मृत्यु भएको घोषण गरेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २९ गते मंगलबार