कोहलपुर,२८ फागुन/ नेपालगञ्ज उपमहानगरपालिका र नगरपालिका क्षेत्रीय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित एडभान्स फायर फाइटिङ, रेस्क्यू र हजमत ह्यान्डीङ को १० दिने तालिम आईतबार नेपालगजमा सम्पन्न भएको छ ।
बाँके, बर्दिया, सुर्खेत, दाङ, दैलखका उपमहानगरपालिका र नगरपालिकाका अग्नी नियन्त्रक, दमकल चालक गरि २५ जनाको सहभागीता रहेको तालिममा दमकल परिचालन, चुनौती, अग्नी नियन्त्रण, केमीकलबाट हुने आगलागी नियन्त्रण, मानव उद्धार, होज, पम्प, ल्याडरको प्रयोग, व्यक्ति सुरक्षा, सामाग्रीको सही प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
समापन कार्यक्रममा आगलागी भएपछि कसरी निभाउने तथा आगलागी भएको ठाउँसम्म कसरी पुग्ने जस्ता प्रत्यक्ष नियन्त्रण गर्ने अभ्यास गरि तालिम सम्पन्न गरेका थिए ।
समापन कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख डा धव शमशेर राणाले आगलागीबाट जनधनको क्षती जोगाउने जिम्मेवारी दमकलकर्मीमा रहेकाले अनुशासित भएर भूमिका निर्वाह गर्न आग्रह गरे । सैद्धान्तिक ज्ञानसँगै प्राविधिक ज्ञान र आवश्यक स्रोत साधनको जोहोमा नगरपालिकाहरुले विशेष ध्यान दिनु पर्ने बताए ।
प्रशिक्षक एवं जुद्ध वारुण यन्त्रका पुर्व प्रमुख किशोर कुमार भटराईका अनुसार सहभागीलाई अन्तरक्रियात्मक, प्रदर्शन, परिदृश्य र प्रयोगात्मक रुपमा प्रशिक्षित गरिएको छ ।
आगलागी भएको ठाउँमा आगो बाट डराउन हुन्न आगो भन्दा ठुलो भएर लाग्नुपर्छ उनले भने । अध्यक्ष केन्द्रका फेकल पर्सन राजन केसीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहभागीलाई सक्रियता र जिम्मेवारीपुर्वक तालिम लिन र व्यवहारमा प्रयोग गर्न आह्वान गरे ।








प्रतिक्रिया दिनुहोस्