नेपाली क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्री सम्मानित



कोहलपुर,२८ फागुन/  लायन्स क्लव अन्तराष्ट्रियको एकसय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान लेखबहादुर क्षेत्री (एल.बी) लाई सम्मान गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिका र नेपालका लायन्स क्लव डिस्ट्रिक्ट ३२५ बी १ नेपालको संयूक्त आयोजनामा पोखरामा आयोजित शतवार्षिकी कार्यक्रममा नेपाली क्रिकेटको विकास र विस्तारमा विशेष योग्दान पु¥याएको भन्दै पूर्व कप्तान क्षेत्रीलाई सम्मान गरिएको हो ।

महिला क्रिकेटका प्रणेता समेत रहेका पूर्व कप्तान क्षेत्रीलाई नेपाली क्रिकेटको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले कदरपत्र प्रदान गरेका थिए ।

सोही अवसरमा पूर्व कप्तान क्षेत्रीसहित देशभरबाट विभिन्न क्षेत्रमा विशिष्ट योग्दान पु¥याउने एक सय जना व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्मानित भइसकेपछि पूर्व कप्तान क्षेत्रीले यो सम्मानले आफूलाई सामाजिक क्षेत्रमा काम गर्न अझै उर्जा प्रदान गरेको बताउदै सधै सामाजिक कार्यमा जिम्मेवार भएर काम गरिरहने विचार व्यक्त गरे ।

बहुआयामिक प्रतिभाका धनी पूर्व कप्तान क्षेत्री दुई दशकदेखि शिक्षण पेशामा संलग्न हुनुका छन् । सामाजिक सेवामा समेत सक्रिय रहेका उनले बाँकेका विभिन्न कलेज तथा विद्यालयमा अध्यापन गराउदै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार