युरो वेवी जोनको दोश्रो वार्षिक उत्सव सम्पन्न



नेपालगञ्ज,२७ फागुन/   युरो वेवी जोन मन्टेश्वरीको दास्रो वार्षिक उत्सव आईतबार नेपालगजमा सम्पन्न भएको छ ।

वार्षिक उत्सवको राािष्ट्रय निजि तथा आवशिय विद्यालय एशोसियशन नेपालका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष सापकोटाले बालवालिका नै भगवान हुन उनिहरुलाई पुजा गर्नुपर्ने बताए ।

पढ्ने पढाउनु दिन गयो अव बालवालिकाहरुलाई सिक्ने काम गराउनु पर्छ । उनले भने युरो वेवी सुविधा सम्पन्न रहेको हेरेरै थाहा भएको एनप्याव्सन नवलपरासीका अध्यक्ष रमेश अधिकारीले बताए । युरो वेवीले दिएको सुविधाले े गर्दा बालवालिकालाई चाहे जस्तो बनाउन मद्दत गर्ने उनले बताए ।

अहिलेको जमानामा बालवालिकाहरुलाई छुट्टै किसिमको संस्कार सिकाउन जरुरी रहेको ले गाली नगरी लठ्ठीले नपिटी संस्कार सिकाउन आवश्यक रहेको बताए ।

युरो वेवी जोन स्कुलको बार्षिक उत्सव कार्यक्रममा बालवालिकाहरुले विभिन्न किसिमका कलाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, बालवालिका , पत्रकार लगायतको सहभागिता रहेको विद्यालयका निर्देशक बामदेव न्यौपानेले जानकारी दिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीराम शर्माको सभापत्विमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २७ गते आइतबार