1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

वि.सं.२०७४ साल फागुन २७ गते आइतबारको राशिफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४  

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन केही अपयश तथा दबाबको बाबजुत अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुने दिन रहेको छ । समाजसेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अङ्क, पहेलो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको उपाशना श्रद्धाभक्ति शुभ हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन स्वास्थ्यमा मन्दता आउनसक्ने सम्भावना, कामकार्यमा पनि केही संघर्षजन्य परिस्थितिको सामना गर्नपर्ने जस्तो गोचर स्थिति देखिएको छ । कार्यक्षेत्रमा केही अबरोध सृजना हुनसक्ने भएकोले सावधानीपूर्वक सामना गर्ने मानसिक बल बढाउनुहोला । आज कुनै पनि कार्य हतार नगरी होस पुर्याएर गर्नु बुद्धिमानी हुनेछ । जन्मदशा अनुसार प्रतिकूल ग्रह चल्नेहरुको लागि मान्यजन कष्टको पनि सम्भावना देखिन्छ । धैर्यता र संयमले प्रतिकूल समय टर्न दिनु उचित हुनेछ । आठ अंक एवम् रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ रहनेछ । रोगी तथा दीनदुःखीप्रति सेवा सहयोग गर्नुले पनि कष्ट निवारण गर्न मद्दत पुग्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृति बढ्ने ग्रहगोचर परेको छ । कसैकसैलाई गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि देखिन्छ होस पुर्याउनु पर्ला । ठिकै रुपमा व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्ने तथा रमाइलो स्थानको यात्रा पनि हुनसक्ने देखिन्छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने भैरवदेवको दर्शन भक्तिले हित गर्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायबाट यथेष्ट लाभ हुनसक्नेछ । उद्यमको प्रख्याति बढ्ने हुनाले कामबाट सन्तुष्टि मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा विजय मिल्ने तथा सफलता मिल्ने हुनाले आत्मबल यथेष्ट बृद्धि हुनेछ । आरोग्यता र कान्ति बृद्धि हुनेछ भने मानसिक स्वास्थ्यमा दृढता पलाउनेछ । पेशागत विकास र सामाजिक क्षेत्रबाट पनि हैसियत अनुसारको प्रख्याति तथा प्रतिष्ठा लाभ गर्नसकिने देखिन्छ । आज तपाईले सूर्यनारायणको सेवाआराधना, हरियो रङ्ग एवं छ अंकको प्रयोग र विपक्षिको सम्मान गर्नुले हितप्रद हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन बुद्धि पुर्याउन सकेमा विद्यार्थीको लागि उपयोगी रहनसक्ने छ । सर्वसाधारणको हकमा पनि उन्मादलाई संयम गर्नसकेमा केही उपलब्धिकर रहनेछ । रणनीतिक ढङ्गबाट बुद्धि पुर्याउन सकेमा प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने र प्रशंसा पनि मिल्नेछ । कसैकसैलाई फोस्रो सैद्धान्तिक मनोविज्ञानले दुःख दिनेछ । अरुको चर्चामा समय दिनाले आफ्नो कार्यमा ढिलासुस्ति हुनसक्ने छ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोग शुभ हुनेछ भने विद्याक्षेत्रलाई सहयोग पुर्याउनु पूण्यकर हुनेछ ।

 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने दिन रहेको छ । आवश्यकभन्दा बढी विषयमा सरोकार राख्दा मनमुटावको बातावरण सृजना हुनसक्ने भएकोले होसियारी जरुरी हुनेछ । मानसिक संकोच बढ्नसक्ने, पारिवारिक भार तथा समस्या थपिने र अभाव खट्किन सक्ने आदि सम्भावना पनि देखिएको छ, सकारात्मक तरिकाले सामाना गर्न मानसिक तयारी गर्नु बुद्धिमानी हुनेछ । केही आलोेचना पनि आउनसक्ने भएकोले सहनशक्ति बढाउनु उपयुक्त हुनेछ । संयमपूर्वक गरेको कार्यबाट केही लाभ हुनेछ । आज यहाँलाई चार अंक, सेतो रङ्गको उपयोग शुभ हुनेछ भने मातृशक्तिको सेवा हितकर हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन आँटिलो एवम् साहसिलो रहने छ । पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादन गर्ने मौका मिल्नसक्ने छ । विशेष काम बन्नाले अन्य कामकार्यमा पनि प्रचुरमात्रामा रुचि बढ्ने छ । शुभचिन्तकबाट सहयोग मिल्ने र प्रतिस्पर्धा आदिमा पनि सफलता हात लाग्ने छ । राजनीतिजन्य सांगठानिक क्षेत्रमा वचस्व कायम गर्न सकिनेछ भने खेलकुद आदिमा पनि राम्रो पौरख देखाउन सकिनेछ । दाजुभाईसँगको सहकार्यबाट उपयुक्त परिणाम निकाल्न सकिनेछ । प्रफुल्लता एवम् सन्तोष बृद्धि हुनेछ । आज यहाँलाई भगवान सूर्यनारायणको आरधनाको साथमा तीन अंक र हरियो रङ्गको प्रयोग शुभकर हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन सामान्य अनुकूल देखिएको छ । बोलीवचनको अपव्याख्या हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ख्याल गर्नुहोला । व्यवसायिक कार्यमा भने केही प्रगति हुने देखिएको छ तथापि सन्चित धनको अपव्यय हुनसक्ने सम्भावना पनि देखिएको छ । परोपकार एवम् समाजिक सेवामा संलग्न हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्बिक सम्बन्ध विस्तारमा पनि सजग हुन जरुरी देखिएको छ । वाकवृति हुनेहरुले अल्लि ख्याल पुर्याउनु पर्ने दिन रहेको छ । संयम पूर्वक स्वकर्ममा रत्रहनेहरुको लागि दिन ठिकै रहनसक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रंगको उपयुक्त रहने छ भने भगवान सूर्यदेवको श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन सकारात्मक एवं उमङ्गिलो तथा राहतपूर्ण रहने छ । नया“ पेशा–व्यवसायको विचार मन्थन हुनसक्ने छ । औपचारिक विचार गोष्ठी–कार्यक्रम आदिमा संलग्न हुनपाइने अवसर मिल्नसक्ने छ । येश–कृति र शान्ति एवं कान्ति बढ्नेछ । अनुहारमा हसिलो पन तथा आकर्षण बढ्नाले मान्छेहरुलाई प्रभाव पार्नसकिने छ । मानसम्मान, पदप्रतिष्ठामा बढोत्तरी हुनेछ । स्वादिष्ट परिकार आदिद्वारा स्वागत सत्कार मिल्नेछ । घरपरिवार तथा कार्यक्षेत्रमा सौहार्दता र प्रसन्नता छाउने छ । मनोकूल वातावरण बन्ने र व्यवसाय एवम् कर्मक्षेत्रबाट लाभ तथा सफलता मिल्नेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन संघर्षको सामना गर्नपर्ने देखिएको छ । परिश्रम बढी हुने र थोरै उपलब्धिमा चित्त बुझाउनु पर्ने हुनसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ भने बुद्धिमततापूर्वक फजुलका विषयबाट तर्किनु उपयुक्त हुनेछ । सोँचविचार नपुर्याई गरिएको कार्यले खतिक्षति र पश्चाताप हुनसक्ने सम्भावना देखिएको छ । गोचरले अनावश्यक यात्रा हुनसक्ने पनि सम्भावना देखाइरहेको छ । मानसिक बहिर्गमनलाई संयम गरी स्वकार्यमा लगनशील रहनाले मात्रै केही लाभ गर्नसकिने छ । यहाँको लागि आज तीन अंक, पहेंलो रङ्गको प्रयोग शुभप्रद हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । परीक्षा तथा प्रतिस्पर्धामा उर्तिण तथा विजयी हुनसकिने दिन छ । सन्तानको पक्षबाट पनि सन्तोष मिल्नेछ । अधुरा रहेका कामहरुलाई पूर्णता दिने गरी समय तथा अवसरको सदुपयोग गर्नु बुद्धिमानी हुनेछ । विवाह प्रसङ्गको पनि सम्भावना देखिन्छ । समर्थन तथा सहयोग प्राप्त हुने र प्रशंसा पनि बढ्नेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग उपयुक्त हुनेछ भने सूर्यशक्तिलाई बढाउने उपाय गर्नुले थप सफलता मिल्ने छ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर अनुकूलप्रद देखिएको छ । व्यवसायिक क्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्य पूरा गर्नको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नसक्नु बुद्धिमानी हुनेछ । आज तपाईँको लागि एक अङ्क, रातो रङ्गको चिजको प्रयोग र भगवान सूर्यनारायणको स्तुतिध्यान गर्नाले शुभ परिणाम मिल्नेछ ।

-newsabhiyan.com

प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४     8:19:47 AM  |