20 June 2024  |   बिहिबार, असार ७, २०८१

रिंङरोड र नाली निर्माणमा कन्स्ट्रक्शनको लापरवाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४  

यम घिमिरे : बर्दिया,२७ फागुन/  गुलरिया नगरक्षेत्रमा रिंगरोड बनाउने काम पाएका निर्माण कम्पनि टुडी र यादव कन्ट्रक्शनले रिंगरोड र नाली निर्माणमा लापरवाही गरेको स्थानीयले गुनासो गरेका छन् ।

योजनाबारे स्थलगत निरीक्षण गर्न पुगेका प्रतिनिधि सभा सदस्य ,नेपाली कांग्रेस बर्दियाका सभापति एंव पुर्व सिचाईमन्त्री सञ्जयकुमार गौतमसंग स्थानीयले निर्माण कार्यमा लापरवाही भइरहेको भन्दै गुणस्तरीय काम गर्न गराउन पुर्वमन्त्री गौतमसंग स्थानीयले अनुरोध गरे ।

बर्दिया जिल्ला र विशेष गरि गुलरियाको मुहार फेर्न आफु मन्त्री तथा प्रतिनिधिसभा सदस्य हँुदा बर्दियामा १० अर्बभन्दा बढीको विकासे योजनाहरु भित्र्याएका बर्दिया १ का प्रतिनिधि सभा सदस्य एंव पुर्व सिचाईमन्त्री सञ्जयकुमार गौतमले निर्माण कार्यमा संलग्न टुडी र यादव कन्स्ट्रक्शन जे भी र कर्मचारीले विकास निर्माण कार्यलाई दिगो र गुणस्तरीय बनाउन लापरवाही गरेको स्थानीयबाट आफुलाई गुनासो आएको बताउदै मिडिया,सरकारी निकाय र स्थानीय जनप्रतिनिधीहरुले निर्माणधीन योजनाको नियमित खबरदारी र अनुगमन गर्नुपर्ने बताए।

गुलरिया क्षेत्रमा भर्खरै निर्माण कार्य शुरु भएको रिंगरोड अन्र्तगतको नाली निर्माण कार्यको शुक्रवार रशनिवार निरीक्षण एंव अनुगमन गर्दै पुर्व सिचाईमन्त्री गौतमले विकास निर्माणलाई गुणस्तरीय बनाउन नागरिक ,स्थानीय तहका जनप्रतिनिधि र मिडिया सबैले चासो दिनुपर्ने बताउदै गुणस्तरहिन काम गर्ने गराउने निर्माण व्यवसायीलाई सम्बन्धित निकायबाट आवश्यक कारवाही गर्न गराउने आफु पछाडि नपर्ने बताए ।

मैले सदरमुकाम गुलरिया र बर्दियाको समृद्धिको एंव विकासका लागि धेरै ठुलो मेहनत गरि बर्दियामा सिचाई,सडक,नाली,तटबन्धका ठुला विकास आयोजनाहरु भित्रयाएको छु त्यसैले गुणस्तरमा म स्थानीय तह,कर्मचारी ,निर्माण व्यवसायी कसैसंग सम्झौता गर्दिन ः उनले भने ।

प्रतिनिधि सभा सदस्यमा सपथ लिएल पहिलोपटक गृह नगर गुलरिया आईपुगेका सिचाइमन्त्री गौतमले बिहीबार,शुक्रवार र शनिवार गुलरिया नगरपालिकाको वडा नं ४,६ र ७ मा संचालित रिंगरोड अन्र्तगतको नाली निर्माण, बबईनदीको तटबन्ध र सडक निर्माण सम्बन्धि योजनाको स्थलगत निरीक्षण गरेका थिए।

निरीक्षणका क्रममा स्थानीयले शहरी विकास मन्त्रालयको सघन शहरी विकास कार्यक्रम अन्र्तगत करिब डेढ अर्बको लागतमा गुलरिया नगरपालिका वडा नं ६मा निर्माण शुरु भएको नाली निर्माण कार्य गुणस्तरीय र दिगो नभएको , निर्माण कार्यलाई नगरपालिकाका जनप्रतिनिधिहरुले अनुगमन निरीक्षण नगरेको ,काममा निर्माण व्यवसायीले लापरवाही र ढिलाइ समेत गुनासो गरेका थिए ।

नाली निर्माण कार्य शुरु गरेको निर्माण कम्पनिले भर्खर निर्माण गरेको नालीमा क्युरिंग अर्थात पानी नजमाएकाले निर्माण गरिएको नालीको तल्लो भाग चर्केको र भत्केको पाईएको मन्त्री गौतमले बताए ।

जनस्तरबाट गुनासो आए लगतै प्रतिनिधि सभा सदस्य ,बर्दिया कांग्रेसका सभापति सञ्जय कुमार गौतमले निर्माण व्यवसायीहरु टुडी कन्टक्शनका प्रतिनिधि उद्धव शर्मा तथा यादव कन्टक्शनका प्रमुख अशोक यादवलाई आफनो सम्पर्क कार्यालयमा बोलाई गुणस्तरीय काम गर्न आवश्यक निर्देशन दिएका थिए । उनले गुणस्तरीय काम नगरे आफुले सम्बन्धित निकायमा कारवाहीका लागि सिफारीस पनि गर्ने चेतावनी दिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०७४     7:29:13 AM  |