20 June 2024  |   बिहिबार, असार ७, २०८१

विश्वकप छनोट क्रिकेटमा अफगानिस्तानसँग नेपाल ६ विकेटले पराजित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

काठमाडौं,२६ फागुन/  विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलनेपाल अफगानिस्तानसँग ६ विकेटले हारेको छ ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ रोजेका नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

१ सय ९५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको अपगानिस्तानले ३८.४ अाेभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेटायाे । नेपालका दिपेन्द्रसिंह ऐरीले २ विकेट तथा सन्दीप लामिछाने र करण केसीले १/१ विकेट लिए ।

तीन खेलमा पराजित भएको अफगानिस्तान आजको खेल जित्दै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ ।

आजको हारपछि नेपालको सुपर सिक्समा जाने सम्भावना निकै कठिन बनेको छ । हङकङसँग एक खेल खेल्न बाँकि रहेको नेपालले हङकङलाई भारी अन्तरले हराउन सकेमात्र सुपर सिक्समा पुग्नेछ । यदी हङकङले नेपाललाई जितेमा हङकङ नै सुपर सिक्समा जानेछ भने नेपालले झिनो अन्तरमा हराएमा अफगानिस्तान सुपर सिक्समा जानेछ ।

टस जितेर ब्याटिङ गरेकाे नेपालकाे ब्याटिङ समस्या अाज पनि देखियाे । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे ।

त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन् ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन् ।

चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । उनलाई मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन् ।

पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर रसीद खानको बलमा आउट भएका हुन् ।

नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए ।  ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन ।

अाठाैं विकेटकाे रुपमा करण केसी ६ रनमा अाउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै अाउट भए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     8:00:29 PM  |