8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

दास्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४  

कोहलपुर,२६ फागुन/  बाँकेको कोहलपुर नगरपालिकाको दास्रो चौमासिक सार्वजनिक सुनुवाई शुक्रबार कोहलपुरमा सम्पन्न भएको छ ।

सार्वजनिक सुनुवाईमा कोहलपुर नगरपालिका प्रशासकीय अधिकृत प्रेम प्रसाद सापकोटाले कोहलपुर नगरपालिकाका करिब ३ सय योजना मध्ये ५० पतिशत योजनाहरु संचालनका लागि उपभोक्ता समिति गठन गरेर सम्झौता समेत गरिसकिएको जानकारी गराए ।

सार्वजनिक सुनुवाईमा कोहलपुर नगरपालिका अन्र्तगतका वडा अध्यक्षहरुले आफ्ना वडाहरुमा भएका विकास निमार्ण तथा अन्य काम बारे जानकारी गराएका थिए ।

उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत उप प्रमुख सञ्जु चौधरीले प्रशासकीय अधिकृत प्रेम प्रसाद देवकोटा वडा अध्यक्षहरुले सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा कोहलपुर नगरपालिका कार्यपालिका सदस्यहरु, संचारकर्मीहरु सर्वसाधरण लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रवि रोकायले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, फाल्गुन २६, २०७४     7:29:36 AM  |