कोहलपुर,२६ फागुन/ संरक्षित वन्यजन्तु सालकको खपटासहित बिहिबार राती प्रहरीले नेपालगञ्जको बसपार्कबाट २ जनालाई पक्राउ गरेको छ । बसपार्क रोडमा रहेको ग्रिन प्यालेसबाट ४ किलो ९ सय ग्राम सालकको खपटा उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले सालकको खपटासहित उनीहरु २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए ।
आवश्यक कानूनी कारवाहीको लागि जिल्ला वन कार्यालय बाँकेलाई बुझाइएको बाँके प्रहरीले जनाएको छ ।
कानून तथा ऐन अनुसार सालक मार्ने, आखेटोपहार राख्ने, खरिद बिक्री गर्ने तथा ओसार पोसार गर्नेलाई पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
प्रकाशित मिति : २०७४ फागुन २६ गते शनिबार









प्रतिक्रिया दिनुहोस्