बाँकेको डुडुवा गाँउपालिकाले बुधबारदेखि घरघरमा स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । अभियानको गाँउपालिका अध्यक्ष नरेन्द्र चौधरी पप्पुले स्वास्थ्य सेवा कार्ड हस्तान्तरण गरेर वडा नम्बर ६ हिरिमिनियाको भंगघोटना गाँउबाट औपचारिक रुपमा सुरुवात गरेका हुन् ।
भंगघोटनाका स्थानीय लल्लुराम पाण्डेलाई स्वास्थ्य कार्ड हस्तान्तरण गर्दै अध्यक्ष चौधरीले अब गाँउपालिकाका सम्पुर्ण नागरिकले निःशुल्क र सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने बताउँदै यो अभियानले नागरिकको स्वास्थ्य समस्या अन्त्य हुने विश्वास गरे ।
मानिसको स्वास्थ्यसंगै पशुको समेत निशुल्क उपचार सेवाको सुुरुवात गरिएको जानकारी गराउदै उनले यो अभियान सम्भवतः नेपाल मै पहिलो भएको दाबी गर्दै यसलाई सफल पार्न सम्पुर्ण गाउँपालिकाबासीलाई अपिल गरेका छन् ।
घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत गाँउपालिकाले सम्पूर्ण सेवाग्राहीलाई स्वास्थ्य सेवा कार्ड प्रदान गरी निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलव्ध गराउनेछ ।
शुभारम्भ कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहनराम मिश्रले घरघरमा स्वास्थ्य सेवा सेवामेत्री भएको बताउदै स्वास्थ्यका जुनसुकै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसंग सम्पर्क गर्न सुझाव दिए ।
कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य उपसंयोजक बिरेन्द्रबहादुर घले, वडा सचिव मानबहादुर बोगटी, स्वास्थ्य चौकी इन्चार्ज हेमन्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।
यसैबीच बुधबारदेखि नै गाउँपालिकाको ६ वटै वडामा १९ जना स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य कार्ड वितरण शुरु गरिएको छ । स्वास्थ्यकर्मीले झोलामा औषधी र कार्ड लिएर घरका प्रत्येक सदस्यको स्वास्थ्य जाँच निशुुल्क औषधी विरतण गर्नेछन । करिब ४० हजार कार्ड तयार गरी वितरण शुरु गरेको गाउँपलिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्