3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

सिरियामा भइरहेको नरसंहार विरुद्ध प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४  

नेपालगञ्ज,२३ फागुन/  सिरियामा भइरहेको नरसंहार विरुद्ध मुस्लिम नागरिक समाजको अगुवाईमा बुधबार नेपालगन्जमा विरोध प्रदर्शन गरेको गरिएको छ ।

नेपालगञ्जको बिपी चौकमा मुस्लिम नागरिक समाजले सिरियामा जारी बमबारी र नरसंहार तत्काल रोक्न माग गर्दै विरोध पदर्शन गरेको हो ।
मुस्लिम नागरिक समाजल सिरियाली जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका खेल्न अन्तर्रा्ष्ट्रिय समुदायलाई आग्रहसहित नरसंहारको विरोध गर्दै मानवताविरुद्धको आक्रमणलाई रोकेर शान्ति स्थापना गर्न अन्तर्रा्ष्ट्रिय समूदायलाई अपिल गरेको छ ।

मुस्लिम समुदाय बाहुल्य क्षेत्रमा हिंसात्मक कार्यले बालबालिका सहित लाखौंको ज्यान गएकोमा संयुक्त राष्ट्रसंघ र अमेरिकाको भूमिका शंकास्प रहेको वक्ताहरुको भनाई रहेको थियो ।

मुस्लिम नागरिक समाजको अगुवाईमा भएको पदर्शन कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन, धार्मिक तथा सदभाव मञ्चका अध्यक्ष मौलाना अब्दुल जब्बार मंजरी, मदरसा बार्डका पुर्व अध्यक्ष मौलाना मन्सूर आरफी, जामा मस्जिदका अध्यक्ष रहिस अहमद सिद्दीकी, फुलवारी मस्जिदका अध्यक्ष मोइद अंसारी, इस्लामिँया संघका अध्यक्ष ओबेदुर रहमान खान, उद्योग वाणिज्य संघका महासचिव अभय बस्नेत, मानव अधिकारकर्मी रणप्रसाद राना, इरफान सिद्दीकी, जियाउल हक लगायतको कोण सभामा सहभागिता रहेको थियो ।

प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०७४     9:50:11 PM  |