नेपालगञ्ज,२३ फागुन/ सरकारी कार्यालयमा हुने भ्रष्टाचार तथा ढिलासुस्ती विरुद्ध विभिन्न जिल्लाका मालपोत कार्यालयहरुमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम सम्पन्न भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासका बर्दिया, सुर्खेत, सल्यान, उदयपुर, अछाम, दाङ्ग, शाखाले कार्यालयमा हुने सबै प्रकारका भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका विरुद्ध सांकेतिक दवाव दिने उद्देश्यले भ्रष्टाचार विरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम गरेका हुन् ।
कार्यक्रम अन्तरगत बिहान १० बजे देखि १ घण्टा कार्यालयको मुल गेटमा मालपोतमा घुस लिईदैन, म घुस लिन्न, मालपोत भ्रष्टाचार निषेधित क्षेत्र हो, घुस्याहाहरुलाई प्रवेश निषेध, घुस माग्ने कर्मचारीलाई केका लागि ? भनेर सोध्ने गरौं लगायत भ्रष्टाचार विरुद्धका नारा अंकित प्लेकार्ड सहित संस्थाका पदाधिकारी तथा युवाहरुले सांकेतिक रुपमा सेवा प्रवाह सुधार गर्न दवाव दिएका थिए ।
सो सत्याग्रह पश्चात संस्थाले मालपोत कार्यालयको सेवा प्रवाह सुधार सहित मालपोत कार्यालयका प्रमुखहरुलाई १३ बुँदे ज्ञापन पत्र बुझाएका थिए । बास बर्दिया शाखा अध्यक्ष खुमेश सुवेदी, सुर्खेत शाखा अध्यक्ष प्रशान्त ढकाल, सल्यान शाखा अध्यक्ष अनिल भण्डारी, अछाम शाखा अध्यक्ष बिष्णु खड्का, दाङ्ग, शाखा अध्यक्ष नविन अभिलासी र उदयपुर शाखाका पदाधिकारीहरुले कार्यालय प्रमुखलाई हस्तान्तरण गरेको सो ज्ञापन पत्रमा बुझाएका थिए ।
सरकारी कार्यालयमा हुने ढिलासुस्ती विरुद्ध बासले सरकारी कार्यालयमा भ्रष्टाचार विरुद्ध शुद्धिकरण (सत्याग्रह) कार्यक्रम गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्