राजापुर बर्दिया,२३ फागुन/ बर्दियाको गेरुवा गाउपालिका —३ शान्ति बजारमा होली (होरी) देउडा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
होरी देउडा साँस्कृतिक समाजको आयोजनामा गत शुक्रबार देखि सुरु भएको सो कार्यक्रममा रामायणमा भएका भगवानका कुराहरुलाई
चित्रण गर्नुका साथै विभिन्न देउडा भाकाहरु समेत प्रस्तुत गरिएको थियो ।
होरी पुरुषहरुले मात्र खेल्ने र देउडा महिला पुरुष दुवैले खेल्ने प्रचलन रहेको होरी देउडा साँस्कृतिक समाजका उपाध्यक्ष खडक बोहोराले जनाकारी दिए ।
मौलिक संस्कृतिको संरक्षण गर्नका लागी होरी देउडाको आयोजना गरिएको होरी देउडा साँस्कृतिक समाजका अध्यक्ष भिम बहादुर धामीले बताए ।
होरी देउडा खेल्नका लागि कालीकोट तथा अछामबाट सहभागीहरु आएको सो प्रतियोगितामा अछाम क्षेत्र न.२ ख का प्रदेश सभा सदस्य बल बहादुर सोडारी, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिँह के.सी लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्