बर्दिया,२२ फागुन/ जनयुद्ध दिवस तथा शहिद सप्ताहको उपलक्ष्यमा बाँसगढीका शहिद तथा वेपत्ता परिवारहरुलाई सम्मान गरिएको छ ।
नेकपा माओबादी केन्द्र नगर कमिटीले सोमबार एक कार्यक्रमको आयोजना गरी बाँसगढी नगरपालिका भित्र रहेका ५५ जना शहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।
नेकपा माओवादी केन्द्र बाँसगढीका अध्यक्ष भिम बहादुर खत्रीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शहिद तथा वेपत्ता परिवार तथा नेकपा माओवादी केन्द्र बर्दियाका जिल्ला अध्यक्ष भुवन कुमार थारु, बाँसगढी नगर ईन्चार्ज बिनाराम थारु, क्रान्तिकारी शिक्षक संगठन बर्दियाका अध्यक्ष बलराम भुजेल, नगर कमिटीका पदाधिकारीहरु, वडा अध्यक्ष, पार्टी निटक निर्वाचित जनप्रतिनिधिहरु, शहिद तथा वेपत्ता परिवार लगायतको सहभागिता रहेको नगर अध्यक्ष भिमबहादुर खत्रीले बताए ।
प्रकाशित मिति : २०७४ फागुन २२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्