सरोकारवालाहरुको प्रतिवद्धता विषयक अन्तरक्रिया सम्पन्न



कोहलपुर,२१ फागुन/   समग्र विकासको अवरोध, जातिय तथा लैङ्गीक विभेद, सन्र्दभ १०८ औ महिला दिवसको अवसरमा आर्थिक सशक्तिकरण सहितको जिवन स्तर रुपान्तरण हिंसा रहित समाज निर्माण गर्ने हाम्रो भुमिका र सरोकारवालाहरुको प्रतिबद्धता विषयक अन्र्तक्रिया कार्यक्रम आइतबार नेपालगन्जमा सम्पन्न भएको छ ।

दलित महिलाहरुको क्षता वृद्धि विकासमा कसरी टेवा प्¥याउने र उनिहरुको जिवन स्तरलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवाला निकायहरुको उपस्थितीमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमा बोल्द बाँके क्षेत्र नं. १ क की प्रदेश सभा सदस्य कृष्णा के.सी नमुनाले लैङ्गीक हिसाबमा आफुहरु उत्पीडनमा परेको हुदा सबै महिलाहरु एक हुन जरुरी रहेको बताइन ।

यस्तैकार्यक्रममा बोल्दै प्रदेश नं. ५ की मनोनित सदस्य पार्वती पुन गहतराजले सबै मानव जातितको मस्तिष्क एकै किसिमको हुने भएको हुनाले कस्ले कतिको संर्घष गर्ने गर्दछ र कस्ले कति सोच्ने भन्ने कुरामा भर पर्ने भएको हुनाले आफुहरु संर्घषमा बिश्वास गर्ने भएको हुदा कसैको पछि पर्न नहुनेमा जोड दिइन ।

यस्तै कार्यक्रममा बाँकेका सरोकारवाला निकायहरुको प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णले सम्बन्धित निकायबाट सहयोगको प्रतिबद्धता समेत गरेका थिए । कार्यक्रमा प्रदेशसभा नवनिर्वाचित सांसदहरुलाई सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन २१ गते सोमबार