बर्दिया,२० फागुन/ नेपाली कांग्रेस बर्दियाको जिल्ला कार्य समिति विस्तार गरिएको छ । सभापति सञ्जयकुमार गौतमले विधानको धारा १० उपधारा ४ को ख वमोजिम शनिबार कार्यसमिति विस्तार गरेका हुन् ।
विस्तारित कार्यसमितिको जिल्ला सदस्यमा महासमिति सदस्यहरु सोदे विष्ट,विजयदत्त देवकोटा, मुलचन्द यादव, पुर्व जिल्ला सचिव भोजराज जोशी, पुर्व जिल्ला सदस्य भागीराम थारु मनोनित भएका छन् । यो विस्तारसंगै नेपाली कांग्रेस बर्दियामा पदाधिकारी र सदस्य गरी ३४ सदस्यीय कार्य समिति बनेको छ ।
विस्तारित कार्य समितिमा पुर्व जिल्ला सभापति अरुणप्रकाश सिंह राठौर, पुर्व सांसद मंगलप्रसाद थारु, राजापुर गाविसका पुर्व अध्यक्ष एंव पुर्व महाधिवेशन प्रतिनिधि बिनोदध्वज चन्दलाई सल्लाहकारहरुमा मनोनित गरिएको छ ।
यस्तै हरिहर गौतम,छविलाल सापकोटा,गोपी पराजुली,गोविन्द थारु ,ओमजंग शाह, मोहनलाल थारु, सबिन थापा, शम्भु रिजाललाई आमन्त्रित सदस्यमा मनोनित गरिएको नेपाली कांग्रेस बर्दियाका उपसभापति मिश्रीलाल यादवले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्