फागुन २६ गते राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको सलमान खानको कार्यक्रम ‘दब्याङ टुर’ स्थगित भएपछि अनेक किसिमका टिकाटिप्पणीहरु आईरहेका छन् । बिभिन्न ब्यक्तिहरुले आ–आफ्नो प्रतिक्रियाहरु दिईरहेका छन् ।
यस्तैमा हाँस्यकलाकार केदार घिमिरेले गज्जबको प्रतिक्रिया दिएका छन् । फेसबुकमा एक लामो स्टाटस लेख्दै केदारले हामीसँग पनि अनमोलहरु भएको बताएका छन् । साथै केदारले कपिल शर्मा नेपालमा आउँदा जितु नेपालको अपमान भएको, भारतमा काम गर्न जाँदा नेपालीले सहेको हेपाई र चेपाईको कुरा पनि उल्लेख गरेका छन् ।
पढौँ केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले लेखेको स्टाटसः
इजरायल जाॅदा दिल्लीमा मलाई दाही काट्न दिइएको दबाब, सुदुरपश्चिमका जनताले भारतमा काम गरेर फर्कदा बोर्डरमा सहेको हेपाइ, कपिल आॅउदा जितु नेपालको अपमान ,सिमाना मिचाई, बेला बेला नेपाल छिरेर गर्ने उपद्रो आदि हेर्दा सलमानको कार्यक्रम स्थगित नै भएपनि धेरै दु:ख नमाने हुने देखिन्छ । हामीसंग पनि अनमोलहरू छन । नोट: नेपालमा पहिलो प्राथमिकतामा नेपाली कलाकार हुनुपर्छ, नेपाली गीत सँगीत पहिलो प्राथमिकतामा हुनुपर्दछ, नेपाली मिडियामा आउने बिज्ञापनमा नेपाली मोडेल हुनुपर्दछ, नेपालमा जन्मिने बच्चाले पहिलो शब्द “आमा” नै बोलुन, मदर, माॅ वा मम् नबोलुन । भाषा सकियो देश सकियो । (सुकिलो लुगा लगाएकी पल्ला घरकी आमा भन्दा झुत्रो लुगा लाएकी आफ्नै आमा प्यारी) ।









प्रतिक्रिया दिनुहोस्