कोहलपुर,१६ फागुन/ पूर्वपश्चिम राजमार्गअन्र्तगत बाँकेको राप्तीसोनारी–९ ढकेरी पेट्रोल पम्प नजिकै जीपको ठक्करबाट एकजना महिला गम्भिर घाईते भएकी छन् ।
आज बिहान करिव साढे ९ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे १ च १६३८ नम्बरको पिकअप जीपले भे ७ प ३६०८ नम्बरको स्कुटीलाई ठक्कर दिदा राप्तीसोनारी–८ की २८ वर्षिया कविता वली गम्भिर घाईते भएको प्रहरी विट ढकेरीले जनाएको छ ।
घाईते वलीको अवस्थ गम्भिर रहेको र अहिले उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्