बागेश्वरीलाई आंगिक क्याम्पस बनाउन माग



कोहलपुर,१६ फागुन/   बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाई यथाशिघ्र अघि बढाउन माग गरिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बधाई दिन सुर्खेत पुगेका अखिल क्रान्तिकारीका निर्वतमान अध्यक्ष नरेन्द्र न्योपानेले रजिस्ट्रार डा.महेन्द्र मल्लसंग भेटि कोहलपुरको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस आंगिक बन्ने प्रक्रियाका बारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा रजिस्ट्रार मल्लले यहि २४ गते क्याम्पस प्रमुखहरुको बैठक बसी सबै कार्य टुङ्गो लगाउने र क्याम्पस आंगिक भइसकेकोले अब कार्यक्रमहरु पनि छिट्टै सञ्चालन गर्ने कुरा जानकारी गराएको अखिल क्रान्तिकारी बाँकेका उपाध्यक्ष राजेन्द्र बिष्टले दिए ।

स्थानीय तहको निर्वाचनमा कोहलपुर नगरपालिकाका मेयरका प्रत्यासि न्यौपाने निर्वाचनमा पराजि भएपनि केहलपुरको विकास र समृद्धिका लागि निरन्तर लागिपर्ने बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १६ गते बुधबार