26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कोहलपुर मोडेल कलेजले ग¥यो स्वागत तथा विदाई कार्यक्रम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४  

कोहलपुर,१६ फागुन/  कोहलपुर नगरपालिका–११ एनटीभि रोड स्थित कोहलपुर मोडेल कलेजले स्वागत तथा विदाई कार्यक्रम सोमबार सम्पन्न गरेको छ । 

कलेजले विविएस प्रथम वर्षका विद्यार्थी स्वागत तथा चौथो वर्षका विद्यार्थीहरुलाई विदाई कार्यक्रम गरेको थियो । सो कार्यक्रममा प्रध्यापक राजन रेग्मीले स्वागत मन्तव्य राखेका थिए । विविएस चौथो वर्षका छात्र सुमन घिमिरेले विदाई मन्तव्य राखेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख संजिव बाबु पंगेनीले कोहलपुर क्षेत्रको पहिलो व्यवस्थापन विषयको नीजि कलेज कोहलपुर मोडेल कलेजले मध्य तथा सुदूर पश्चिममै पटक पटक सर्वोत्कृष्ठ नतिजा दिदै आएको र विविएस कार्यक्रमको सफल सञ्चालनसंगै कोहलपुर क्षेत्रमै पहिलो पटक व्यवस्थापन संकायमा स्नात्तोकतर कार्यक्रम एमविएस कार्यक्रम सञ्चालनमा ल्याउँदै यस क्षेत्रमा व्यवस्थापन विषयमा एक नयाँ आयाम थप्न सफल भएको र भविष्यमा व्यवस्थापन संकायमा थप कार्यक्रम सञ्चालन गर्दै व्यवस्थापन क्षेत्रको अहिलेको विश्व बजार मागलाई परिपूर्ति गर्दै यस क्षेत्रमै कलेजले उदाहरणिय कार्य गर्न निरन्तर अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मिस्टर केएमसी नरेश वली र मिस केएमसी दिक्षा खनाल घोषित भए । सुशिलसिंह ठकुरी र अश्मिता ज्ञवाली रनरअप भएका थिए । यस्तै कार्यक्रमको सभापतित्वमा दोस्रो वर्षका विद्यार्थी अशोक बुढालेले गरेका थिए ।

सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र अर्जुन सिग्देल, छात्रा देवि कार्की, छात्र गोविन्द गुरुङ र छात्र सुवास सिंह ठकुरीलाई वर्ष विद्यार्थी उपाधि प्रदान गरिएको थियो । साथै वर्ष शिक्षकको उपाधि प्रध्यापक रञ्जिता अधिकारी प्रदान गरिएको थियो । कार्यक्रमको संचालन विविएस दोस्रो वर्षका छात्र विकास विक्रम केसी र दिपा रानाले गरेका थिए ।

कार्यक्रमका केहि तस्विरहरु :  

प्रकाशित मितिः बुधबार, फाल्गुन १६, २०७४     7:51:11 AM  |