कोहलपुर,१५ फागुन/ कोहलपुर नगरपालिका—८ पिपरी स्थित सरस्वती आधारभुत विद्यालयमा पैरवी जनचेतना मुलक ¥याली तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
प्राराम्भिक कक्षा पढाई कार्यक्रम तथा विद्यालयको आयोजनामा गरिएको कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, शिक्षक विद्यार्थी, लगायतको सहभागितामा ¥याली निकालीएको थियो । साथै सो अवसरमा विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार १८ जना विद्यार्थीहरु लाई पोषाक तथा शैक्षिक सामाग्रीहरु समेत वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष रेशम खत्रीले विद्यालयको शैक्षिक विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्र गरेका थिए ।
कोहलपुर नगर सरकारका विधान समिति संयोजक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर नेपालीले कोहलपुर नगरपालिका वडा नं ८ को वडा कार्यालयले सिफारिस गरि पठाएको र कोहलपुर नगरपालिकाबाट प्राप्त शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरिएको बताए ।
कार्यक्रममा वडा नं ८ का वडा सदस्य प्रेम बि.क,जस चदारा,ईन्दिरा बुढाथोकी,चाँदनी लामा उत्पीडत मुक्ति समाजका जिल्ला सदस्य हरी बहादुर सुनार,सल्लाहकार भिम वली राजनितिक दलका प्रतिनिधि अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।