20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

कोहलपुर नगरपालिकाद्धारा नगर शिक्षा नियमावली पारित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४  

कविन्द्र परियार : कोहलपुर,१५ फागुन/   बाँकेको कोहलपुर नगरपालिकाले नगर शिक्षा नियमावली २०७४ पारित गरेको छ । कोहलपुर नगरपालिका कार्यपालिकाको आईतबार बसेको १९औं बैठकले नगरशिक्षा निमावली पारित गरेको नगरपालिकाका प्रवक्ता माधव रिजालले जानकारी दिए ।

सोमबार पत्रकारहरु संगको भेटघाट कार्यक्रमको आयोजना गरी प्रवक्तता रिजाले जानकारी दिएका हुन । बैठकबाट २९ वटा महत्वपुर्ण निर्णय समेत गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा समितिका संयोजक निम बहादुर चलाउनेले सामुदायीक विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षण गर्ने  गरी शिक्षा नियावली बनाएको बताए ।

जस अन्र्तगत कोहलपुर नगरपालिका—२ इन्दिेणी चोक स्थित संञ्चार गा्रमको भवन निर्माणका लागी १ कठ्ठा जग्गा उपलब्ध गराउने निर्णय समेत समेत पारित गरिएको छ ।

त्यस्तै बैठकबाट राष्ट्रिय क्षयरोग केन्द्रको भवन निर्माणका लागि कोहलपुर —२ मा ५ कठ्ठा जग्गा उपलब्ध गराउने, भेरी अञ्चल यातायात व्यवसायी समितिको कार्यालय निमार्ण गर्न ५ कठ्ठा जग्गा उपलब्ध गराउने, क्षेत्रिय निर्वाचन कार्यालयको भवन निर्माणका लागि ५ कठ्ठा जग्गा उपलब्ध गराउने निणर्य गरिएको छ ।

त्यस्तै बैठकले विद्यालयहरुको नयाँ अनुमति तथा थप कक्षा संञ्चालनका लागी शुल्क निर्धारण गरेको छ भने ट्युसन तथा कोचिङ्ग सञ्चालनका अनुमतीका लागी रु २५ हजार शुल्क लिने,चैतको पहिलो साता प्रथम उपमेयर कप महिला क्रिकेट प्रतियोगिता संञ्चालन गर्ने,८ वटा विद्यालयलाई खानेपानीका लागि बजेट विनियोजन, बाढीपिडितहरुका लागी विपत व्यवस्थापन कोषबाट राहत उपलब्ध गराउने,दुर्घटना न्युनीकरणका लागि सि.सि क्यामरा जडान गर्ने, नगर प्रमुखको अध्यक्षतामा नगर स्तरिय सामाजिक सुरक्षा समिति गठन गर्ने तथा चैतको पहिलो साता भित्र नगर सभा गर्ने लगायतका महत्वपुर्ण निर्णयहरु गरिएका छन ।

त्यस्तै पेश गरिएका सहकारी ऐन ,विपत व्यवस्थापन निर्देशिका,न्यायिक संञ्चालन कार्यविधि,निर्णय प्रमाणिकरण कार्यविधि,आर्थिक कार्यविधि,नगर प्रहरी नियमावली लगायतका केही नियमावलीहरु पारित हुन बाँकी रहेको विधान समितिका संयोजक भिम बहादुर नेपालीले जानकारी दिए । पास हुन बाँकी रहेका कार्यविधि र नियमावली अध्ययनका लागि समय मागिएको र अध्ययन पछि मात्र पास हुने संयोजक नेपालीले बताए ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     7:35:33 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *