20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

श्रीमानबाटै पीडित भएको गुनासो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४  

कोहलपुर,१५ फागुन/   बाँकेको राप्तीसोनारी गाँउपालिका २ कचनापुरकीे २४ बर्षिय गिता वली बोहरा घरेलु हिंसाका कारण समस्यामा परेकी छिन । विसं २०७१ श्रावण महिनामा गिता वलीले शसस्त्र प्रहरी नायब निरीक्षक देब बोहरासंग भागी विवाह गरेकी थिइन ।

पहिले घरमै माग्न आएको र सोधपुछ गर्दा आफु विहे नगरेको भन्दै शसस्त्र प्रहरीका डिएसपी बोहराले झुक्याएर भागी विवाह गरेको श्रीमती गिताले बताइन विहे गरेको केही महिनादेखि नै पारिवारिक तनाव र घरेलु हिंसा खेप्दै आएको पिडित गिताले आइतवार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आफ्नो दुखेसो पोखेकी छिन ।

श्रीमानसंग बसाई फलदायी नभएको र बारम्बार आफुलाई कुटपिट तथा ज्यान मार्ने धम्की समेत श्रीमानले गरेको कारण अन्तिम स्थितिमा पत्रकार सम्मेलन गर्न परेको गिताको भनाई छ । गिताले श्रीमानको हिंसा र पारिवारीक समस्याका कारण सम्बन्ध बिच्छेद गर्न लागेको बताएकी हुन ।

शसस्त्रका डिएसपी सल्यान निबासी बोहरा बिभिन्न ठाउँहरुमा अबैध सम्बन्ध राख्दै गएको श्रीमति गिताले थाहा पाए पछि परिवारमा खटपट शुरु हुन थालेको हो । गिता देब बोहराको चौथो श्रीमति मध्ये कान्छी श्रीमति हुन् ।

देब बोहराले गितालाई बिस २ण्७१ सालमा घरबाट काठमाण्डौ दक्षिणकाली मन्दिरमा गएर दुवै जनाले विवाह सम्पन्न गरेका थिए । गिता वलीसंग विवाह गर्नु पुर्व देब बोहराले मिना बोहरा, सन्तोषी शाही र विवाह गर्नु भन्दा पहिला सारदा सिंहसंग सम्बन्ध राख्दै आएका थिए ।

मिना बोहरासंग उनका दुई छोरीहरु रहेका छन, भने सन्तोषी र शारदासंग भने उनले सम्बन्ध राख्दै आएको गिताको भनाई रहेको छ । उनको पहिलो श्रमती मिना बोहराबाट दुई छेरी समेत रहेका छन सन्तोषी र सारदालाई भने कहिले क्याम्पमा र कहिले बाहिर कोठा लिएर राख्ने गरेको समेत गिताले बताइन ।

अहिले वलीको पहिलो श्रीमती मिना बोहरासंग भने सम्बन्ध बिच्छेद भएको र दुई छोरीहरुलाई आफैले पालनपोषण गरिरहेको गिताले बताइन । यी सब कुरा थाहापाए पछि गिता वली बोहराले सम्बन्ध विच्छेद माग्दा मान्छे लगाएर मार्ने धम्की दिने गरेको समेत उनले बताईन ।

गिताले आफ्नो न्यायका लागि सबै ठाउँमा पुगेको तर सुनवाई कसैले नगरेको बताउदै आईतबार बाध्यताले पत्रकार गुहार्न परेको बताइन । घरमा गयो घरपरिवारले लत्ताकपडा बाहिर फाल्दिन्छन कहाँ जाने के खाने भएर माइतीको सरण लिन परेको छ उनले आशु झार्दै भनिन माइत बस्दै न्यायको लागि मन्त्रालय सम्म पुगेको उनले बताइन।

न्यायको लागि प्रहरी कार्यालय गएपनि सुनवाई नगर्दिने अझ्, आफ्नै विभागमा जानुस भन्ने जस्ता कुरा सुन्न पर्ने बताइन् । महिला सेल, मानव अधिकार, इलाका प्रहरी, शसस्त्र प्रहरी सवै धाए पनि न्याय पाउन नसकेको उनको गुनासो छ ।

गिताले एक बर्षदेखि श्रीमानको तलबबाट ७ हजार मासिक बुझ्दै आएको बताएकी छिन पत्रकार सम्मेलनमा बोल्दै गिताले सारदा र सन्तोषीलाई बिबाह नगरेता पनि श्रमती भन्दा बढि हेर्ने गरेको दुखेसो पोखिन पछिल्लो समयमा आएर प्रविधीको विकाससंगै सामाजिक विकृतिहरु पनि बढ्दै गएपछि सम्बन्ध विच्छेदका घट्ना दिनहरु बढिरहेका छन ।

यस्तै श्रीमान बोहराले भने श्रीमतिले उल्टै आफुलाई २५ ठाउँमा मुद्दा हालेको जानकारी गराए आफुले माया गरे पनि गिताले विश्वास नगरेको कारण कहिले काही खटपट हुने गरेको बोहराले बताए गिताको ३ वर्षिय छोरा प्रिन्स बोहरा नामक एक छोरा समेत रहेका छन् ।

प्रकाशित मितिः मङ्लबार, फाल्गुन १५, २०७४     7:28:59 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *