15 April 2021  |   बिहिबार, बैशाख २, २०७८

प्राविधिक पत्रकार संघ बाँकेको होलि मिलन कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

नेपालगञ्ज,१४ फागुन/  प्राविधिक पत्रकार संघ नेपाल बाँकेले सोमबार नेपालगन्जमा होलि मिलन कार्यक्रम गरेको छ ।

फागुन १७ र १८ गते देशभर मनाईने रंगको पर्व होलि अवसर पारेर होलिमिलन कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष नरेन्द्र सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहको अध्यक्षतामा भएको होलि मिलनमा कार्यसमितिको सहभागिता रहेको थियो । सहभागीले सद्भाव र उल्लासको पर्व हालिलाई आपसी भाइचारा, मित्रता र उमंगका साथ मनाउन सबैलाई आग्रह गरेका छन् ।

अव हरेक बर्ष संघले बाँकेमा विशेष कार्यक्रम गरि होलि मनाउने बताएको छ । कार्यक्रममा बाँकेका विभिन्न रेडियो र टिभीका प्राविधिकहरुको उपस्थिती रहेको कोषध्यक्ष प्रेरणा खड्काले बताईन् । होलि मिलनमा एकआपसमा होलि दल्ने र शुभकामना आदानप्रदान भएको उनले जानकारी दिईन् । होलि मिलनमा प्राविधिकहरुले संयुक्त रुपमा पहिलो पटक होलि मनाएको हो ।

प्राविधिक पत्रकार संघले हरेक धार्मिक र सास्कृतिक कार्यक्रममा शुभकामना आदानप्रदान गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     8:09:03 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *