हिमालयन बैंकद्वारा नेपालगञ्ज उपमहानगरलाई १ लाख ५० हजार सहयोग



नेपालगञ्ज,१४ फागुन/   नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले विभिन्न संघ–संस्थाहरुको सहकार्यमा नगरमा फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान लगायतका कृयाकलापहरु प्रभावकारी बनाउने कार्यमा सहकार्यको लागि हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु १ लाख ५० हजार सहयोग रकम हस्तान्तरण गरेको छ ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको उक्त रकमको चेक बैंकका नेपालगञ्ज शाखा प्रबन्धक शैलेन्द्रमान श्रेष्ठले नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धबलशम्शेर राणालाई सोमबार आयोजित एक कार्यक्रमा बीच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिकृया व्यक्त गर्दै मेयर डा. राणाले नगर फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा नगर क्षेत्रमा सिसिटीभि जडान जस्ता कार्य सबै नगरबासीको तथा संघ संस्थाको साझा कार्यक्रम भएकोले सबैको सहकार्यको आव्हान गर्दै सहयोगको लागि हिमालयन बैंकलाई धन्यबाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल, प्रेस सल्लाहकार शुक्रऋषि चौलागाई, जनमत  बरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल पत्रकार महासंघ बांकेका पूर्व अध्यक्ष रुद्र सुबेदी, नेपाल प्रेस युनियन बांकेका पूर्व अध्यक्ष नरेन्द्र थापा लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ फागुन १४ गते सोमबार