स्थानीए निकायमा निर्माण हुन गइरहेको शिक्षा ऐनमा मन्टेश्वरी विद्यालयहरुले अपनाउनु पर्ने मापदण्ड र नयाँ दर्ता हुने मन्टेश्वरी विद्यालयको हकमा स्थानीय निकायले लागु गर्नु पर्ने मापदण्डलाई समेटिएको एशोसियसनका सल्लाहकार गोबिन्द पौडेलले जानकारी दिए ।

अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा गएको टोलिमा सल्लाहकार पौडेल, उपाध्यक्ष दुर्गा बजगाई, कोषाध्यक्ष खिमा थापा र सहसचिब सरु पौडेलको उपस्थिति रहेको थियो। सुझाबपत्र बुझ्दै प्रमुख राणाले एशोसियसनको सुझाबले आफुहरुलाई कानुन निर्माणमा महत्त्वपूर्ण सहयोग मिल्ने बताए।