19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्थानीय तहका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४  

कोहलपुर,१४ फागुन/  माओवादी केन्द्रका युवा नेता तथा अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले स्थानीय तहका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएका छन् ।

हाल गृहजिल्ला बाँकेमा रहेका न्यौपानेले विद्यार्थीहरुलाई संघीयता, समावेशिता, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संरचना र त्यसका कार्यप्रणालीका बारेमा प्रशिक्षित गर्ने अभियान संचालन गरेका हुन ।

कोहलपुर नगरपालिकाको कौशिलानगरमा अवस्थित श्री कृष्ण मा.वि.बाट अभियान सुरु गरेका न्यौपानेले १० कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई प्रदेश सरकार र स्थानीय तहका बारेमा जानकारी दिने उद्देश्यले अभियान सञ्चालन गरेको बताए ।

प्रकाशित मितिः सोमवार, फाल्गुन १४, २०७४     7:47:01 AM  |