नेपालगञ्ज,१३ फागुन/ मानब बेचबिखन विरुद्ध माईती नेपालद्वारा आयोजित मेची महाकाली जनचेतना अभियान सुरु भएको छ । हाम्रो आवाज चेलिबेटी बेचविखनबाट मुक्त समाज भन्ने मुल नाराका साथ सुरु भएको मेची महाकाली जनचेतना अभियान कार्यक्रममा सडक नाटक, नृत्य, लगायतका चेलिबेटी बेचविखन विरुद्ध चेतनामुलक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
मेची महाकाली जनचेतना अभियान कार्यक्रमको बारेमा जानकारी माइती नेपालका क्षेत्रिय संयोजक केशव कोइरालाले गर्नुभएको थियो । खाडी मुलुकमा नेपाली चेलीवेटीबढि बेचविखन हुने भएको हुनाले यसलाई रोकथाम गर्न आम नेपाली नागरिक लाग्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा उपस्थित नेपालगन्ज उपमहानगरपालिका उप मेयर उमा थापा मगरले बेचबिखन बिरुद्ध युवाहरुको आवाज महत्वपुर्ण रहेको बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले खाडी मुलुकमा जाने, बेरोजगारीले गर्दा बेचबिखन हुने पाएको बताउनुभयो ।
जबसम्म हाम्रो देशमा गरिवी र अशिक्षाको अन्त्य हुदैन तबसम्म यस्ता बिकृति आउने कार्य भैरहने भएको हुनाले यस बिरुद्ध जनचेतना जगाउन जरुरी रहेको उहाँले बताउनुभयो । माईती नेपालले आवाज र राम्रो अभियान ल्याएकोमा धन्यवाद व्यक्त गर्नु भएको थियो साथै आफुले पनि यस अभियान कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गनुभएको थियो ।
कार्यक्रमका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले मानब बेचबिखनलाइ हामीले सिमित रुपमा हेर्ने भएकाले अहिले यो जटिल भएको बताउनुभयो । हाम्रो धार्मिक परम्पराले गर्दा पनि चेलिबेटि बेचविखन बढि हुने गरेको प्रजिअ केसीले बताउनुभयो । हामीले अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरमा कडा निति नियम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उप मेयर, मेयर, प्रहरी प्रमुख, पत्रकार तथा बिभिन्न विद्यालयका विद्यार्थिहरुको सहभागिता रहेको थियो । नेपालगन्जको बि पि चोकबाट निकालिएको ¥याली धम्बोझी हुदै स्वस्तिक कटेजमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्