16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

नेपालगन्ज उपमहानगरको वडा नम्बर १२ लाई बालमैत्री बनाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४  

सिराज खान : नेपालगन्ज,१२ फागुन/  नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने अभियानलाई सफल पार्न उपमहानगरपालिकाको वडा नम्बर १२ ले आफ्नो वडालाई बालमैत्री वडा घोषणा गर्ने प्रक्रिया शुरु गरेर सो कार्यलाई तिव्र पारेको छ ।
यस उपमहानगरमा रहेका २३ वटा वडाहरु मध्ये वडा नम्बर १२ ले मात्रै आफ्नो वडालाई बालमैत्री बनाउन बिभिन्न कार्यहरु अगाडी बढाएको पाईएको छ ।

२०७६ सालको साउन महिनामा वडा नम्बर १२ लाई बालमैत्री शासन वडा घोषणा गर्ने योजना बनाएर ४१ वटा सूचक पूरा गर्ने कार्यलाई तिव्र पारिएको जनाउँदै वडा नम्बर १२ का वडा अध्यक्ष तथा बालमैत्री शासन वडा घोषणा समितिका संयोजक बुद्धि सागर सुवेदीले बताउनु भयो । त्यसका लागि सेभ द चिल्ड्रेन र बाँके युनेस्को क्लबले बिशेष प्रकारको सहयोग गर्नुका साथै सो अभियानमा संगसंगै हातेमालो गरिरहेको उहाँको भनाई छ ।

वडालाई बालमैत्री बनाउनका लागि केही मूख्य किसिमका अभिमूखिकरण तथा प्रक्रियाहरु पुरा भैसकेको जनाउँदै अध्यक्ष सुवेदीले संस्थागत धेरै सूचकहरु पुरा भैसकेको पनि बताउनु भयो । उहाँले वडालाई बालमैत्री बनाउन बिभिन्न उपसमितिहरु समेत गठन गरिएको र ती उपसमितिहरुले पनि आ आफ्नो कार्यलाई तिव्रता दिएको जनाउनु भयो ।

बालबालिकाको संरक्षणका लागि सबै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई बालमैत्री बनाउनु पर्ने नेपाल सरकारको निति रहेको छ । लोपोन्मुख अवस्थामा रहेको अत्याधिक पिछिडिएको चिडिमार समुदायको बसोबास समेत वडा नम्बर १२ मै रहेकोले सो वडालाई बालमैत्री शासन वडा बनाउन निकै चुनौती रहेपनि वडाका सबै नागरिकको सहयोगले घोषणा गर्ने अभियान अगाडी बढी रहेको उपसमितिका संयोजक तथा वडा सदस्य दिनेशराज पन्तले बताउनु भयो ।

बाल राहात कोषलाई २५ हजार सहयोग

वडाभित्र जोखिमपूर्ण अवस्थामा रहेका विभिन्न प्रकारका बालबालिकाको राहात र ब्यबस्थापनका लागि वडा समितिले बाल राहत कोष स्थापना गरेको छ । सो कोषमा बाँके युनेस्को क्लबले २५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

वडालाई बामैत्री बनाउने उदेश्यले स्थापना गरिएको राहातकोषमा सहयात्रा परियोजना अन्तर्गत क्लबले २५ हजार रुपैयाँ प्रदान गरेको हो ।
वडा कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले वडा नम्बर १२ का अध्यक्ष सुवेदीलाई २५ हजारको चेक हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै उपाध्यक्ष खानले वडा नम्बर १२ ले गरको बालमैत्री शासन बनाउने जमर्को र अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।

क्लबले प्रदान गरेको २५ हजारमा २ हजार रुपैयाँ आफ्नो ब्यक्तिगततर्फबाट थप गर्ने जानकारी सोही अवसरमा वडा अध्यक्ष सुवेदीले गराउनु भयो ।

सो अवसरमा वडा सदस्यहरु दिनेशराज पन्त, तरुण बज्राचार्य, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक आशिष बर्मा, सामाजिक परिचालक अफिसर ईश्वर विक लगायतले वडालाई बालमैत्री बनाउने बिषयमा आ आफना धारणाहरु राख्नु भएको थियो ।

वडालाई बालमैत्री बनाउन वडा बालमैत्री शासन समितिका पदाधिकारीलाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवल नगरपालिका र देवचुली नगरपालिकाको अध्ययन भ्रमण पनि हालै गराईएको थियो ।

प्रकाशित मितिः शनिबार, फाल्गुन १२, २०७४     8:00:58 PM  |