कोहलपुर,१२ फागुन/ नेपाल शिक्षक संघको प्रथम अधिबेशन भोलि नेपालगन्जमा हुने भएको छ ।
शिक्षक संघको सातवटै प्रदेशमा एक साथ हुन लागेको अधिवेशनमा १५ सदस्य र १२ जना पदाधिकारीको लागि अधिवेशन गरिएको शिक्षक संघका केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र बहादुर रावतले बताउनुभयो ।
आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि शिक्षक संघले पेशागत एशोसियसन नेपाल शिक्षक संघले हरेक जिल्लाका अध्यक्षहरु पदेना सदस्य रहने गरि पदाधिकारी चयन गरिने जनाएको छ ।
अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, खुल्ला उपाध्यक्ष दुई, महासचिव , अर्थ सचिव, महिला सचिव, महिला उपसचिव अर्थ एक, गरि २७ पदाधिकारी चयन गरिने पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
१२ जिल्लाका १२ हजार संघका सदस्य रहने र ४ सय १७ मतदाता संख्या रहने संघका केन्द्रिय उपाध्यक्ष रावतले बताउनुभयो । प्रदेश न.. ५ को अधिवेशनका लागि नेता बालकृष्ण खनालले उद्घाटन गर्नुहुने आयोजकले जनाएको छ ।